Techie IT
सोमबार, वैशाख ७,२०८३

काठमाडौँको गोठाटारमा गोली चल्यो , घटनास्थलमा प्रहरी परिचालन


काठमाडौँको गोठाटारमा गोली चलेको छ । प्रहरी उपत्यका अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईका अनुसार घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।


गोठाटारको कृष्ण मन्दिर नजिकै गोली प्रहारबाट एकजना घाइते भएको भट्टराईले जानकारी दिए ।

घाइतेको शंकरापुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरी अधिकारीहरुका अनुसार घाइतेको पहिचान खुलेको छैन। घटनास्थलमा  उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान शुरु गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #गोठाटारमा गोली चल्यो


तपाईको कमेन्ट लेख्नुहोस्