Techie IT
शनिबार, असार २१,२०८२

बाँकेमा भएका छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु


बाँके । बाँकेमा भएका छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिकामा करेन्ट लागेर एक जना र कोहलपुर नगरपालिकामा नहरमा डुबेर एक जनाको मृत्यु भएको हो ।

राप्ती सोनारी गाउँपालिका–८ सम्शेरगञ्जमा करेन्ट लागेर स्थानीय ७३ वर्षीय बुद्धिमान लामाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।

लामालाई पानी तान्ने मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

यस्तै सिक्टा सिँचाई आयोजनाको नहरमा डुबेर कोहलपुर– ८ का ११ वर्षीय बालक आकाश गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बाँकेमा भएका छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:11 am7:04 pm +0545