Techie IT
शुक्रबार, असार २०,२०८२

कञ्चनपुरको पुनर्वासमा खोलामा डुबेर एक बालिकाको मृत्यु


कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

पुनर्वास नगरपालिका ५ स्थित सिमरी खोलामा माछा मार्ने क्रममा डुबेर आइतबार दिउँसो सोही ठाउँ बस्ने १६ वर्षीया बालिका प्रेमवती रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बालिकाको शव स्थानीय र प्रहरीको संयुक्त प्रयासमा फेला परेको र शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #कञ्चनपुरको पुनर्वासमा खोलामा डुबेर एक बालिकाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
22°
Mostly Cloudy
5:11 am7:04 pm +0545