जनतासँग सुझाव माग्दै अध्यक्ष ओली, यस्तो छ भिडियो सन्देश

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतासँग सुझाव माग्दै सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्नुभएको छ । प्रविधिमैत्री एमाले अध्यक्ष ओली अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा आउने सबैखाले विषयवस्तुहरूप्रति अपडेट रहँदै आउनुभएको छ ।
उहाँले आगामि मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावको विषयमा केन्द्रित भएर जनतासँग सुझाव माग्दै आफूले भिडियो पोष्ट गर्नुभएको छ ।
उहाँले एउटा भिडियो सन्देश जारी गर्दै आफूलाई विविध विषयमा सल्लाह सुझावहरू दिनका लागि आमजनतालाई अपिल गर्नुभएको हो ।
ओलीले कृषि क्षेत्रमा अघि सार्नुपर्ने नीति तथा योजनाहरूका सम्बन्धमा सुझाव माग्नुभएको थियो । जसअनुसार आफूलाई धेरै सुझावहरू प्राप्त भएकोमा उहाँले धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
अबका दिनमा अरु क्षेत्रमा पनि आफूले सुझाव माग्ने उहाँको भनाइ छ । फेसबुकमा कमेन्टहरू नियालिरहेको भिडिओ पोष्ट गर्दै ओलीले भन्नुभयो,‘मलाई आफ्ना महत्वपूर्ण विचार र दृष्टिकोणहरु दिएर सहयोग पुर्याउनु हुनेछ भन्ने विश्वास लिएको छु । हामी सम्पर्क र संवादमा रहिरहनेछौं ।’
क्याटेगोरी : समाचार
ट्याग : #केपी शर्मा ओली
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्