विभिन्न माल वस्तुको आयातमा लाग्दै आएको करको दरमा हेरफेर

काठमाडौँ । सरकारले विभिन्न माल वस्तुको आयातमा भन्सार महसुलमा छुट दिएको छ ।
अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न माल वस्तुको आयातमा लाग्ने करको दरमा हेरफेर गरिएको जानकारी दिएको हो ।
नयाँ व्यवस्थाअनुसार कच्चा भटमासको तेल, पाम तेल, सूर्यमुखी तेल आयात गर्दा भन्सार महसुलमा ९० प्रतिशत छुट दिएको हो ।
राजस्व सचिव रामेश्वर दङ्गालका अनुसार उद्योगले सूर्यमुखीको तेल उत्पादन गर्न आयात गर्ने सूर्यमुखीको गेडा आयात गर्दा महसुलमा यसअघि दिइएको ५० प्रतिशत छुटको सट्टा अब ९० प्रतिशत बराबरको छुट पाउने भएका छन् ।
यस्तै भटमासको गेडाबाट तेल तथा पिना उत्पादन गर्ने उद्योगले त्यस्ता सामग्री आयात गर्दा भन्सार महसुलको ५० प्रतिशत छुटको सट्टा ९० प्रतिशत छुट पाउने नयाँ व्यवस्था गरिएको छ ।
मन्त्रालयका अनुसार तोरी, रायो, क्यानोलाको गेडा, सस्र्यूको गेडा आयात गर्दा लाग्ने भन्सार महसुलमा ९० प्रतिशत बराबरको छुट पाउने प्रबन्ध गरिएको छ ।
अप्टिकल फाइबर केवल उत्पादन गर्ने उद्योगले कच्चा पदार्थको रुपमा पैठारी गर्ने स्प्रिङ स्टिल वायरमा भन्सार महसुल १५ प्रतिशत लाग्नेछ । सो खण्डबमोजिम सिफारिस गर्दा उद्योगको उत्पादन क्षमता र वार्षिक खपत परिणामका आधारमा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सहकारी संस्थाले कर छुट हुने कारोबारबाहेकका कारोबार गरेमा साबिकको नगरपालिका क्षेत्रभित्र सात प्रतिशत र महानगरपालिका क्षेत्रभित्र १५ प्रतिशत आयकर लाग्ने व्यवस्था हटाइएको छ ।
नयाँ व्यवस्थाभित्र नगरपालिका क्षेत्रभित्र सञ्चालन भएका सहकारीले पाँच प्रतिशत, उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकामा सात प्रतिशत र महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकामा १० प्रतिशत बराबरको छुट दिइनेछ ।
यस्तै साङ्ख्यिक रूपले नियन्त्रित बङ्ग्याउने, मोड्ने, सोझो पार्ने वा च्याप्टो पार्ने अन्य यन्त्रको पैठारी महसुल दर महलमा पाँच उल्लेख गर्नुपर्नेछ ।
यस्तै वायर तथा फलामे डण्डीको महसुल पनि पाँच प्रतिशत मात्रै राख्ने व्यवस्था गरिएको छ । स्यानिटरी प्याडको कच्चा पदार्थ आयात गर्दा लाग्ने अन्तशुल्क अब भने नलाग्ने भएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #अर्थ मन्त्रालय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्