लक्ष्मीपुर एकीकृत कृषक समूहको १९ औ साधारण सभा सम्पन्न
राधेश्याम तिमलसिना
तारकेश्वर काठमाडौ । लक्ष्मीपुर एकीकृत कृषक समूहको उन्नाइसौ बार्षीक साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । काठमाडौमा भएतापनि विकटताको पर्याय मानिने तारकेश्वर नगरपालिका वडा नं १ साङ्गलालाई मुख्य कार्यक्षेत्र बनाएर बिगत १८ बर्षदेखी सो समूहले प्रभावकारी गतिविधिहरु गर्दे आएको छ ।
स्थानिय ६३ घरधुरीका सदस्यहरुको बचत बाट करिब १ करोड ४७ लाख भन्दा बढी कारोबार गर्ने सफल भएको सो समूह काठमाडौकै नमुना समूह मध्ये पर्दछ । पशुपालक उपसमिति ,युवा उपसमिति , महिला बिकाश समिति ,कृषि उपसमिति लगायत ६ वटा बिभिन्न उपसमितिले स्तरीय काम गर्दे आएको र साधारण सभामा सो उपसमितिहरुको प्रतिवेदन समेत पारित भएको समूहका सचिब लक्ष्मण अधिकारीले बताए ।
करिब २०० जना भन्दा बढी समूहका सदस्यहरुका उपस्थिती रहेको साधारण सभा कार्यक्रमका सभापतिका रुपमा समूहका अध्यक्ष रगुनाथ अधिकारी थिए भने प्रमुख अतिथिका रुपमा राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारी रहेका थिए । अन्य अतिथिका रुपमा तारकेश्वर नगरपालिकाका पशु बिकाश शाखाका प्रमुख जय प्रसाद यादव , तारकेश्वर नगरपालिकाका महिला बिकाश शाखाका प्रमुख मिना कुमारी थापा , शिवपुरी नार्गाजुन राष्ट्रिय निकुन्ज ढकालचौर सेक्टरका प्रमुख पेम्बा शेर्पा , गितकार एवं शिक्षक प्रकाश पुन्ज , एच के धिताल लगाएका रहेका थिए ।

बाल क्लब द्धारा प्रस्तुत गरिएको बिभिन्न सास्कृतिक कार्यक्रले सभालाई थप मनोरन्जन प्रदान गरेको थियो भने सोही अवसरमा बिभिन्न बिधामा उत्कृष्ठ नतिजा हासिल गर्ने सदस्य परिवारलाई पुरस्कार एवं सम्मन समेत गरिएको अध्यक्ष रगुनाथ अधिकारीले बताए ।
सभाका प्रमुख अतिथि एवं राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष अद्धव अधिकारीले समूहले लोभ लाग्दो काम गरेको र लक्ष्मीपूर एकीकृत कृषक समूहको अगुवाइमा सो गाउँलाई कषि पकेट क्षेत्र घोषणा गर्ने पर्ने बताए । किसान र कृषिको मुद्दामा समूको भुमिका अपरीहार्य रहेको उनकाे कथन थियाे ।
सो समाहरोमा कर्म नामक पुस्तकको समेत बिमोचन गरीएको थीयो ।
क्याटेगोरी : समाचार
ट्याग : #लक्ष्मीपुर एकीकृत कृषक समूह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्