कायापलट र रुपान्तरण पुस्तक विमोचन
मंगलबार ललितपुरको मानभवनमा शेयर एण्ड केयर नेपालको आयोजनामा कायापलट र रुपान्तरण पुस्तक विमोचन भएको छ । संस्थाको २५ औं वार्षिक सभाका अवसरमा दुई पुस्तकको विमोचन गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवम पुर्व प्रधानन्याधीश खिलराज रेग्मीले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नुभयो ।
संस्थाका संस्थापक अध्यक्ष रमेशकुमार खड्काको अनुभवलाई समेटिएर लेखिएको कायापलट र विभिन्न व्यक्तिहरुको जीवन परिर्वतन भएको पुस्तक रुपान्तरण मानविय सेवा र समाजसेवामा लाग्नेहरुका लागि प्रेरणको स्रोत हुने प्रमुख अतिथिको भनाई थियो ।
रुपान्तरीत व्यक्ती, रुपान्तरीत समुदाय, भन्ने मुल मर्म अनुरुप २५ बर्ष देखि अनवरत रुपमा मानविय सेवामा समर्पित भई खाँचो तथा आवश्यकतामा परेका व्यक्ति तथा परिवारहरुको जिवनमा सकारात्मक परिवर्तन र दिगो रुपान्तरणमा सक्रीय छ, शेयर एण्ड केयर नेपाल । कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउनेहरुलाई सम्मान पनि गरिएको थियो ।

सो अवसरमा विन्दु घलान, पुण्यप्रसाद पोखरेल, मारमाला तामाङ्गलाई मोटिभेसनल बास्केट फण्ड (बीउ पूजी) प्रदान गरिएको थियो । समाज रुपान्तरणमा प्रेरक व्यक्तित्वका रुपमा गिरिजा भट्टराई, राक्सिराङ गाउपालिकाका उपप्रमुख निर्मला हिम्डुङ, दक्षिणकाली नगरपालिकाका उपप्रमुख वसन्ती डंगोल तामाङ्गलाई सम्मान गरिएको थियो ।
त्यसैगरी संस्थाका सहयोगीहरुमा गणेशभक्त सितिखु, रमेशमान महर्जन, यक्षकुमार बस्नेत, कृष्णहरी थापा, घोष्टराईटर कमल ढकाल, कयेर नेपालका निर्वतमान अध्यक्ष नवाङ्गसिहं गुरुङ्गलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा छोटो समय पुस्तक लेखक, संस्थाका संस्थापक अध्यक्ष रमेश कुमार खड्काले भन्नुभयो – आफ्नो बानि बोल्ने भन्दा पनि काम गर्ने भएको बाताउदै, समुदायको रुपान्तरणमा २५ बर्षेे यात्राले कयौ व्यक्ती र परिवारहरुको जिवनमा खुशि देख्न पाउदा अत्यन्तै उत्साहीत भएको बातउनुभयो ।

यस शेयर एण्ड केयर नेपाललाई विगत २५ वर्ष देखि निरन्तर साथ, सहयोग र हौसला प्रदान गर्नुहुने सम्पुर्ण महानुभावहरु, सहकर्मि मित्रहरु, साझेदार संस्थाहरु, बोर्ड म्याम्वरहरु र सम्पुर्ण समुदायहरु प्रति म ह्दय देखि नै आभार व्यत्त गर्नुभयो सो अवसरमा केयर नेपालका अध्यक्ष डा. ओम रानाले समुदायको रुपान्तरण, गरिबी तथा विपन्न वर्गको जीवन सुधार र क्षमता विकास कार्यमा सबैको सहयोग, सद्भावले २५ वर्षको यात्रा सुखद भएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #पुस्तक विमोचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्