नेप्से परिसूचकको ओरालो यात्रा कायमै

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।
शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४ दशमलव६१ अङ्कले ओरालो लागेर दुई हजार ११३ दशमलव ५५ अङ्कमा सीमित भएको छ ।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव८० अङ्कले ओरालो लागेर ४०६ दशमलव ४५ मा ओर्लेको छ । कूल दुई सय १३ कम्पनीको ६४ लाख १६ हजार ६२९ कित्ता शेयर रु दुई अर्ब ६२ करोड ६१ हजार ५४ हजार ९४८ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषले मात्रै कमाएको छ । अन्य १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।
सामूहिक लगानी कोष ० दशमलव १३ अङ्कले उकालो लाग्दा बैङ्किङ २२ दशमलव १६, व्यापार ६२ दशमलव ६५, होटल तथा पर्यटन २५ दशमलव ७३, विकास बैङ्क ८६ दशमलव ७१, जलविद्युत् ३९ दशमलव ५४, वित्त ६५ दशमलव २९, निर्जीवन बीमा ९५ दशमलव ३२, उत्पादन ६७ दशमलव ८४, अन्य नौ दशमलव १६, लघुवित्त ११६ दशमलव१७, जीवन बीमा ११९ दशमलव ९९ र लगानी एक दशमलव पाँच अङ्कले ओरालो लागेको छ ।
शुक्रवारको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब १५ अर्ब ८९ करोड ३९ लाख ६२ हजार ५०९ नौ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड ६६ लाख २९ हजार ९३८ बराबरको कारोबार भयो ।
यस्तै नबिल बैङ्क रु १४ करोड १४ लाख १४ हजार ३४७, हिमालयन डिस्टिलरी रु नौ करोड ६४ लाख २४ हजार, अपि पावर कम्पनी रु पाँच करोड ६७ लाख ८० हजार १४० र अरुण काबेली पावरको रु पाँच करोड ६० लाख १३ हजार ५२५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार जोशी हाइड्रोपावर पाँच दशमलव ९१, ग्लोबल आइएमबई समुन्नत स्किम एक तीन दशमलव ९४, उपकार लघुवित्त तीन दशमलव १४, कालिका लघुवित्त तीन दशमलव १० र बलेफी हाइड्रोपावरका लगानीकर्ताले दुई दशमलव ५९ प्रतिशतले कमाए ।
त्यस्तै, मैलुङ खोला जलविद्युत् कम्पनी सात दशमलव १८, गुह्येश्वरी मर्चेन्ट बैङ्क छ दशमलव ४२, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर छ दशमलव ३७, सामलिङ पावर कम्पनी ५ दशमलव ६९ र इमर्जिङ नेपालका लगानीकर्ताले पाँच दशमलव ४४ प्रतिशतले गुमाएका छन् ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #नेप्से परिसूचक आज पनि ओरालो
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्