डेढ दशक ज्योतिष र बास्तु क्षेत्रमा योगदान पुराउदै आएका युवा ज्योतिष गर्गाचार्य सम्मानित
काठमाडौ । बिगत केही दशक देखी ज्योतिष श्रेत्रमा महत्वपूर्ण योगदान पुराउदै आएका गर्गाचार्य ( श्याम बाबु आचार्य ) सम्मानित भएका छन्। नेपाल ज्योतिष परिषदले २१ औँ वार्षिक उत्सवको अवसरमा काठमाडौंमा आयोजित एक भब्य कार्यक्रममा उनलाई सम्मान गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, संस्थाका अध्यक्ष माधवराज पाण्डे र नेपाल पन्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रध्यापक डा.माधवराज गौतमले दोसल्ला र सम्मानपत्र र नगद रु ५००० द्धारा उनी सम्मानित भएका छन ।
बिशेष गरि युवा ज्योतिष आर्चायले बास्तु र ज्योतिष श्रेत्रमा महत्वपूर्ण योगदानको उचित कदर गर्दे सम्मान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले बताए ।

सोही अवसरमा ज्योतिषहरू निष्ठामा रहनुपर्नेमा उनको जोड थियो । हिन्दुधर्म माथी सबै लागीपरेकाले सबै सचेत रहनुपर्ने बताउर्दै धर्मको रक्षाका लागी सवैप्रतिवद्ध भएर लाग्नुपर्ने गुरुङको भनाइ थियो ।
नेपाल पन्चाङ निर्णायक समितीका अध्यक्ष प्रध्यापक डा.रामचन्द्र गौतमले धर्मको रक्षाका लागी सवै एकैठाउँमा जुट्नुपर्ने बताए। कार्यक्रममा विश्व ज्योतिष महासंघ, प्रध्यापक श्रीकृष्ण अधिकारी, सहप्राध्यापक माधवप्रसाद पाण्डे, दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष सहदेव विष्ट, संस्थाका उपाध्यक्ष घनश्याम सुवेदी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरे।
नेपाल ज्योतिष परिषदका केन्द्रीय अध्यक्ष माधवराज पाण्डेको अध्यक्षता, सचिव लक्ष्मण पन्थिको सञ्चालन र महासचिव सन्तोष बास्कोटीको स्वागतमा सम्पन्न भएको हो।
सोही अवसरमा सममानित आचार्यले वास्तु र ज्योतिष श्रेत्रमा अध्यन अनुसन्धान एवं महत्वपूर्ण योगदान पुराउनेका लागी सम्मानका साथै बिविध कार्य गर्ने अक्षय कोष स्थापनाका लागी नगद रु एक लाख पाचँ हजारको सहयोग घोषणा गरेका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #ज्योतिष, #सम्मानित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्