Techie IT
सोमबार, असार २३,२०८२

थानकोट जेसीजलाई नेपाल जेसिजद्वारा अवार्ड प्रदान


काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका स्थित ‘थानकोट जेसीज’ले नेपाल जेसीजबाट जुलाई महिनाको अवार्ड प्राप्त गरेको छ।

‘एरिया सी’ का शाखाहरुको कार्यसम्पादनको मुल्याङ्कनका आधारमा थानकोट जेसीजले यो अवार्ड प्राप्त गरेको हो । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआइ सिनेटर लालमणी भण्डारीले थानकोट जेसीजले गरेको कार्यको मुल्याङ्कनक र आएको रिपोर्टका आधारमा अवार्ड प्राप्त गरेको वताए ।

शाखाको अध्यक्ष रोसन दानीले व्यक्तिको नेतृत्व र व्यक्तित्व विकासमा अतुल्नीय योगदान पुयाउदै याक्ट फर इम्प्याकट बेसमा रहेर छोटो समयमा गरेको कार्यलाई उच्च मुल्याङ्कन गरेर अवार्ड प्रदान गरेकोमा नेपाल जेसीज प्रति आभार व्यक्त गरे । आगामी दिनमा अझ सकृय रुपमा सामाजिक काम गरिने दानीको भनाई छ ।

थानकोट जेसीजका अध्यक्ष दानीले भने, हामीले टिम वर्कमा सधै काम गर्ने र जेसीजका माध्यमवाट समाजका लागि आवश्यक रचनात्मक र पोजेटिभ इमप्याकट पार्ने कार्य मात्र गरेका कारण थानकोट जेसीज चन्द्रागिरिमा सवै माझ लोकप्रिय बन्दै छ ।

थानकोट जेसीजका अध्यक्ष दानीका अनुसार थानकोट जेसीजको अध्यक्ष पदवाहाली भए पश्चात कोरोना महामारीमा एक हप्ते जनचेतनामुलक कार्यक्रम तथा निशुल्क मास्क वितरण, महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिल्लीनारायण पाण्डेको सहकार्यमा एक हप्ते आत्महत्या न्यूनिकरण तथा सचेतना अभियान, महानगरीय प्रहरी बृत्त कालीमाटी संग कोरोना सचेतना अभियान, महानगरीय ट्राफिक प्रहरी थानकोटको सहकार्यमा दुर्घटना न्यूनिकरणका लागि र्याली सहित कार्यक्रम, थानकोट स्थित सेती देवी बनमा वृक्षारोपन र त्यस पश्चात गोडमेल कार्यक्रम, दहचोक स्थित नब दुर्गा प्राविमा निशुल्क शैक्षिक सामाग्री वितरण, दहचोक ईन्द्रदह सरसफाई, थानकोट स्थित शारिरिक अवस्था कमजोर बालवालिकाहरुलाई खाद्यान्न वितरण, योग सिविर, स्वागत वोर्ड स्थापना लगायत धेरै कार्य सम्पन्न गरिसकेको छ ।

थानकोट जेसीजले राष्ट्रिय प्रकरण एक्ट फर ईमप्याकटलाई साकार पार्ने हेतुले टुगेदर फर पोजेटिभ इमप्याकटलाई अगाडी सारेको छ । थानकोट जेसीजले व्यक्तिको ब्यक्तित्व विकासका लागि तालिमका माध्यमबाट संस्थाका सदस्यहरुलाई विभिन्न तालिम प्रदान गर्ने जनाएको छ । थानकोट जेसीजले जुनियर जेसीजलाई पनि अगाडी वढाउदै समाजिक रुपान्तरणका लागि प्रेरित गर्दे आईरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #चन्द्रागिरि नगरपालिका, #थानकोट जेसीज, #थानकोट जेसीजलाई नेपाल जेसिजद्वारा अवार्ड प्रदान, #रोसन दानी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:12 am7:04 pm +0545