Techie IT
सोमबार, वैशाख २९,२०८२

पोखराबाट उड्ना साथ यतिको विमानकाे इन्जिनमा समस्या, आकस्मिक अवतरण


काठमाडौं । काठमाडौंका लागि पोखराबाट उडेको यति एयरलाइन्सको विमानको इन्जिमा खराबी भएपछि पोखरा नै फर्काइएको छ ।

आज विहान पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो ।

जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि जोखिम नलिन पाइलटले पोखरा नै फर्काएका यति एयरलाइन्सले जनाएको छ ।

विहान ८ बजे उडेको जहाजमा ४५ जना यात्रु थिए ।

अहिले इन्जिनियरहरुले जहाजको चेकजाँच गरिरहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #आकस्मिक अवतरण, #पोखराबाट उड्ना साथ यतिको विमानकाे इन्जिनमा समस्या


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:14 am6:45 pm +0545