अवरुद्ध पासाङ ल्हामु राजमार्ग आज बिहानदेखि पुनःसञ्चालनमा
सोमबार अवरुद्ध भएकहो पासाङ ल्हामु अन्तर्राष्ट्रिय राजमार्ग आज बिहानदेखि पुनःसञ्चालनमा आएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार स्काभेटरको सहायताले हिजो दिनभरको प्रयासमा सुख्खा पहिरो पन्छाइ राजमार्ग सञ्चालन गरिएको हो ।
गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङ भीरमा पहिरो जाँदा चीनको केरुङबाट सामान लिई आएका र सामान लिन जान लागेका समेत २०० को हाराहारीमा रोकिएका सबै सवारीसाधन राजमार्ग खुलेपछि आफ्नो गन्तव्यतर्फ लागेको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज नवराज खड्काले जानकारी दिनुभयो । सडक खुलेसँगै नियमित बस सेवा र एम्बुलेन्ससमेत सञ्चालनमा आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पासाङ ल्हामु राजमार्ग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्