मोसुलस्थित टर्कीको वाणिज्य दूतावासलाई लक्ष्य गरी मोर्टार आक्रमण धेरै घरमा क्षति
बग्दाद। इराकको उत्तरी प्रान्त निनेभेको राजधानी मोसुलस्थित टर्कीको वाणिज्य दूतावासलाई लक्ष्य गरी मङ्गलबार राति लगातार छ पटक भएका मोर्टार आक्रमणमा धेरै घरमा क्षति पुगेको मोसुल प्रहरीले बताएको छ । हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।
यही साउन ४ गते इराकको अर्ध–स्वायत्त क्षेत्र कुर्दिस्तानको दुहोक रिसोर्टमा टर्कीले गरेको बम आक्रमणमा नौ जना सर्वसाधारणको मृत्यु हुनाका साथै दर्जनौं घाइते भएपछि मङ्गलबार राति उक्त आक्रमण भएको हो । टर्कीको सेनाले उक्त आक्रमण गरेको आरोप इराक सरकारले लगाएको छ भने त्यसको अङ्काराले अस्वीकार गरेको छ ।
टर्कीको सेनाले इराकको कुर्दिस्तान तथा विशेष गरी कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) को मुख्य आधार कान्दिल पर्वतमा बारम्बार स्थल कारबाही, हवाई आक्रमण र बम प्रहार गर्दै आएको छ ।
टर्किए, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले आतङ्कवादी सङ्गठनकोरूपमा सूचीबद्ध गरेका पिकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्की सरकारविरुद्ध विद्रोह गर्दै आएको छ ।सिन्ह्वा
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #मोसुलस्थित टर्कीको वाणिज्य दूतावासलाई लक्ष्य गरी मोर्टार आक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्