मोसुलस्थित टर्कीको वाणिज्य दूतावासलाई लक्ष्य गरी मोर्टार आक्रमण धेरै घरमा क्षति

बग्दाद। इराकको उत्तरी प्रान्त निनेभेको राजधानी मोसुलस्थित टर्कीको वाणिज्य दूतावासलाई लक्ष्य गरी मङ्गलबार राति लगातार छ पटक भएका मोर्टार आक्रमणमा धेरै घरमा क्षति पुगेको मोसुल प्रहरीले बताएको छ । हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।
यही साउन ४ गते इराकको अर्ध–स्वायत्त क्षेत्र कुर्दिस्तानको दुहोक रिसोर्टमा टर्कीले गरेको बम आक्रमणमा नौ जना सर्वसाधारणको मृत्यु हुनाका साथै दर्जनौं घाइते भएपछि मङ्गलबार राति उक्त आक्रमण भएको हो । टर्कीको सेनाले उक्त आक्रमण गरेको आरोप इराक सरकारले लगाएको छ भने त्यसको अङ्काराले अस्वीकार गरेको छ ।
टर्कीको सेनाले इराकको कुर्दिस्तान तथा विशेष गरी कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) को मुख्य आधार कान्दिल पर्वतमा बारम्बार स्थल कारबाही, हवाई आक्रमण र बम प्रहार गर्दै आएको छ ।
टर्किए, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले आतङ्कवादी सङ्गठनकोरूपमा सूचीबद्ध गरेका पिकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्की सरकारविरुद्ध विद्रोह गर्दै आएको छ ।सिन्ह्वा
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #मोसुलस्थित टर्कीको वाणिज्य दूतावासलाई लक्ष्य गरी मोर्टार आक्रमण
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्