तीनकुनेको कल सेन्टरमा प्रहरीको छापा

काठमाडौं : तीनकुने गैह्रीगाउँस्थित स्काइ वर्ल्ड कल सेन्टरमा प्रहरीले छापा मारेको छ।
प्रहरीले अवैध गतिविधि गरेको आशंकामा छापा मारेको हो। यहाँ दुई हजार बढी युवायुवतीहरु काम गर्दै आएको पाइएको छ।
प्रहरीले छापा मारेपछि ती युवायुवती बाहिर निस्केका छन्।
व्यवस्थापन पक्षसँग प्रहरीले अहिले सोधपुछ गरिरहेको छ। कल सेन्टरले भारतीय नागरिकलाई ऋण दिँदै आएको थियो।
वैद्य अर्गनाइजेसनको घर भाडामा लिएर कल सेन्टर सञ्चालनमा छ। कल सेन्टर सञ्चालनमा रहेको घर उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको हो।
आइतबार भैरहवाको तिलोत्तमा नगरपालिका-२ जानकीनगरस्थित रहेको ब्लु स्काइ विजनेश सोलुसन प्रालि नामक कल सेन्टरमा प्रहरीले छापा मारेको थियो। छापा मार्नेक्रममा प्रहरीले एकजना भारतीयसहित ९ जना ‘टिम लिडरहरू’लाई पक्राउ गरेको थियो।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #तीनकुनेको कल सेन्टरमा प्रहरीको छापा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्