राष्ट्रिय सभा बैठकमा नागरिकता संशोधन विधेयक पेश
काठमाडौँ। राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथि छलफल सुरु भएको छ ।
छलफलमा भाग लिँदै सांसदहरुले नागरिकता जस्तो संवेदनशील विषयमा विभिन्न प्रावधान कसिलो हुनुपर्ने, विदेशी महिलाले नेपालीसँग बिहे गरेको ७ वर्षपछि मात्र अङ्गीकृत नागरिकता पाउने व्यवस्था हुनुपर्ने र आमाको नामबाट नागरिकता पाउन आमाले बाबुको पहिचान नखुलेको स्वघोषणा गर्ने प्रावधानले महिलाको अपमान गरेको हुँदा संशोधन गर्नुपर्ने सुझाव दिनुभयो ।
सांसदहरु देवेन्द्र दाहाल, नारायणकाजी श्रेष्ठ, विमला राई पौडेल, पार्वती रावल, खिमलाल देवकोटा, प्रतिमा कुमारी, सुमित्रा विसि, भगवती न्यौपाने, इन्दिरा कुमारी गौतम, गोपाल भट्टराई, तुलप्रसाद विश्वकर्मा लगायतले विदेशी महिलाले नेपालीसँग विवाह गरेको ७ वर्षपछि मात्र नागरिकता पाउने व्यवस्था कायम गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गर्नुभयो ।
यसअघि बैठकको सुरुमा नै राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ सभा समक्ष टेबुल गर्नुभएको थियो । सचिव फुयाँलले प्रतिनिधिसभाबाट नेपाल इन्जिनियरिङ परिषद् पहिलो संशोधन विधेयक २०७६ र ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयक २०७५ सभालाई फिर्ता पठाइएको जानकारी दिनुभयो ।
यसैगरी, बैठकमा खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ विधेयक २०७६ लाई दफावार छलफलका लागि प्रस्तुत गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय सभा, #राष्ट्रिय सभा बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्