जङ्गली च्याउ खाँदा जुम्लामा एकै घरका पाँच जना बिरामी

जुम्ला। जङ्गली च्याउ खाँदा जुम्लामा एकै घरका पाँच जना बिरामी परेका छन् । जङ्गली च्याउ खाएपछि जुम्ला तिला गाउँपालिका–४ नुवाकोट गाउँका लक्ष्मीबहादुर हमाल परिवारका पाँच जना बिरामी भएका हुन् ।
बिरामी पर्नेमा लक्ष्मीबहादुर हमाल, उनकी पत्नी राममाया हमाल, छोरीहरू दर्शना हमाल र सम्झौता हमालका साथै उनको घरमा कामको सिलसिलामा बस्दै आएका चन्दननाथ नगरपालिका–९ रोकायाबाडाका लालबहादुर रोकाया रहेका छन् । उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।
हमाल परिवारले आइतबार साँझ जङ्गलबाट ल्याएको च्याउको तरकारी पकाएर खाएका थिए । स्थानीय यज्ञप्रसाद चौलागाईंका अनुसार च्याउ खाए लगत्तै बिरामीले रिंगटा लाग्ने र निरन्तर बान्ता गरेपछि आइतबार राति नै अस्पताल पठाइएको थियो । लक्ष्मीबहादुर र छोरी सम्झौताले बोल्न छाडेपछि राति नै अस्पताल ल्याइएको थियो । अहिले सम्झौताबाहेक अन्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
प्रहरीले जङ्गली च्याउको जथाभाबी सेवन नगर्न आग्रह गरेको छ । जङ्गलमा पाईने सबै च्याउ खान नमिल्ने भएकोले सचेत रहन प्रहरीको सुझाव छ ।जङ्गलमा पाईने कुन प्रजातिको च्याउ ल्याएर खाने भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #hot, #जङ्गली च्याउ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्