Techie IT
सोमबार, वैशाख २९,२०८२

झापा र सुनसरीमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु


विराटनगर ।  झापा र सुनसरीमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ ।

हिजो बेलुका ४ बजे झापाको कमल गाउँपालिका-१ स्थित भित्री सडक खण्डमा प्रदेश १-०१-०१३ प ४३४२ नम्वरको स्कुटरले ठक्कर दिई दुर्घटना हुँदा घाइते भएकी पैदल यात्री स्थानिय ७० वर्षीया मनमाया बास्कोटाको बिएनसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने स्कुटर र चालक कमल गाउँपालिका-२ का कृष्ण भण्डारीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

यसैगरी राति साढे ९ बजे सुनसरीको रामधुनी नगरपालिका-७ स्थित सडक खण्डमा प्रदेश १-०२-०४७ प ७९४ नम्वरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा घाइते भएका मोटरसाईकल चालक इटहरी उपमहानगरपालिका-१६ का १८ वर्षीय कृष्ण चौधरीको बिराटनगर स्थित बिराटनर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #झापा र सुनसरीमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु, #दुर्घटनाबाट २ जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:14 am6:45 pm +0545