सङ्खुवासभामा स्कारपिओको ठक्करबाट एक बालिकाको मृत्यु
किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा स्कारपिओको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
भोजपुरको षडानन्द नगरपालिका–५ की ३ वर्षीया मनिसा विष्टको स्कारपिओको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिनुभयो ।
शनिबार दिउँसो साढे १२ बजे तुम्लिङटार बस स्टेसन नजिकै बा २० च ९५०२ नंको स्कारपियोले पैदल हिँडिरहेकी ती बालिकालाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो ।
ठक्करबाट सख्त घाइते बालिकाको उपचारका क्रममा तुम्लिङटारस्थित मनकामना सामुदायिक अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो । चालक पाँचखपन नगरपालिका–१ का गोविन्द श्रेष्ठलाई नियन्त्रणमा लिइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #मृत्यु, #स्कारपिओको ठक्करबाट एक बालिकाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्