Techie IT
बुधबार, चैत्र १२,२०८१

चरिकोटमा हिमपात, जनजीवन प्रभावित


दोलखाको उच्च भूभागमा हिमपात भएको छ । जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोक, कुरीबजार, खरीढुङ्गा, जिरीबजार, शैलुङडाँडा, च्योर्दुङलगायत उच्च पहाडी भागमा बिहिबार हिमपात भएको हो ।

हिमपातसँगै वर्षा भई चिसो बढेका कारण जनजीवन प्रभावित बनेको छ । जिल्लाको उच्च भागमा बसोबास गर्दै आएका तथा भूकम्पका कारण घर क्षति भई अस्थायी बसोबास गर्दै आएकाको जनजीवन कष्टकर बनेको छ । हिमपात भएसँगै हिउँ खेल्न आन्तरिक पर्यटकको चहलपहलसमेत बढेको छ । काठमाडाँैबाट नजिकको दूरीमा दोलखा आई हिउँसँग खेल्न बाहिरबाट पर्यटक आउने हुँदा जिल्लाको होटल व्यवसायी खुशी भएका होटल सङ्घ दोलखाका अध्यक्ष सन्तोष पाठकले बताउनुभयो ।

दोलखको कालिञ्चोक र कुरीबजारमा अहिले हजारौँको सङ्ख्यामा हिउँ खेल्न पर्यटक पुगेका र कुरीका सबै होटल भरिएको होटल सुनपातीका सञ्चालक हरि ओलीले बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #हिमपात


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Mist
5:59 am6:19 pm +0545