बौद्ध स्तुपामा सजाउन राखीएको बिधुतिय बत्ती तोडफोड
काठमाडौ । बिश्व सम्पदा सूचिमा सूचिकृत बौद्ध नाथ स्तुपा बरी परि राखीएको बिजुली सजावटका साम्राग्रीहरु तोडफोड भएको छ । बौद्धमा परम्परागत रुपमा संचालन भइरहेको तिन दिने छेच्यु पुजा तथा १ करोड बज्र गुरु मन्त्र जप आयोजनाका लागी बिशेष रुपमा सजावटका लागी तयार पारिएको झिलिमिली बत्तीका सामाग्रीहरु तोडफोड भएको बोद्ध तथा मेलम्ची गुठीका इन्चार्ज साङ्गे दोर्जे तामाङ्गले जानकारी दिए ।
स्तुपाको वरिपरि सजावटका लागी राखीएको बहुमुल्य बत्तीलाई लात्ती हानी कुल्चीएर , बत्तीका तारहरुलाई उखेली उग्र बादबन्थी चरित्र देखाई पूजामा समेत अवरोध पुराएको प्रत्यक्ष दर्शीको भनाइ छ ।
सो तोड फोडमा संलग्न ब्यक्तीहरुको छिटै पहिचान हुने असई सोम श्रेष्ठले बताए ।
बौद्धका ६२ घर धुरी द्धारा संचालित सो पुजामा भुपती बज्र लामा चिनिया लामा द्धारा बिषेश पुजा हुने कार्यक्रम तय भएको थियो । बत्तीका सामाग्रीहरु तोडफोड भएपछि अहिले बौद्ध क्षेत्रमा अनेक चर्चा परिचर्चा समेत भइरहेको छ ।
पबित्र धार्मिक स्थल एवं बिश्व शान्तिको प्रतिक बौद्ध स्तुमा भित्र यस्तो उस्रीखल गतिबिधि हुन दुखद रहेको बौद्ध फुटवल क्लवको अध्यक्ष बताउछन ।
बौद्धमा बिषेश पुजाको अवसरमा परम्परा कालदेखी नै दियो बत्ती बालेर स्तुप सजाउदै आएको र पछि बिधुतिय बत्ती मार्फत सजाउन थालिएको बुद्ध लामा बताउछन ।
सो घटनाको दोषलिाई कानुनी दायरामा ल्याई अबिलम्ब कारवाही गरीनु पर्ने र प्रहरीमा समेत लिखीत उजुरी दिएको बौद्ध तथा मेलम्ची गुठीले जनाएको छ ।



क्याटेगोरी : समाचार
ट्याग : #बोद्ध स्तुपा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्