८ बर्ष देखी रोकिएको अक्सबृज-थसिखेल सडक खण्डले पायो निकास
ललितपुर, ०२ मङ्सिर- ललितपुर महानगरपालिका ०५ नम्बर वडा अन्तर्गतको अक्सबृज-थसिखेल सडक खण्डले निकास पाएको छ । वडा अध्यक्ष बिकासमान श्रेष्ठको नेत्रीत्वमा अाइतबार डोजर चलाइएसंगै उक्त सडकले योजना अनुरुप नै आकार ग्रहण गरेको हो ।
२०६८ साल मै सरकारी योजनामा परे पनि उक्त सडक खण्डलाई पूर्ण आकार दिन झन्डै ८ बर्ष नै लाग्यो, त्यो पनि करिब ८ मिटरमा कुरा बल्जिदा । महानगर अन्तर्गत रिङरोडको भित्री सडक खण्डको सरदर आठ मिटर क्षेत्र मात्रै बिगत ८ बर्ष देखी नछीचोलिदा सवारी आवागमनमा अवरोध उत्पन्न हुँदै आएको थियो । मुल सडकमा एका तर्फ सवारीको चाप अर्को तर्फ जाम, तसर्थ पनि दु:ख बिमारमा समेत घुमेर नै जानु पर्ने वाध्यता थियो । त्यसैले थुप्रैले यस बाटो कै कारण धेरै नै सकस खेपे ।
२०६८ सालमा नै खुल्न ठिक्क परेको सडक ८-८ बर्षसम्म रोकिइ राख्यो, कारण थियो मुद्धा र मुद्धा फैसला पस्चातको प्राविधिक नापजाचमा फरकपन । अब भने यस बाटोले निकास पनि पाएको छ र जनताले राहत पनि पाएका छन्- चौडा सडकसंगै ।
तर यसको सकस वडा कार्यालयले झेल्नु झेल्यो । रातदिनको जनताको गुनासो त अर्को तर्फ अदालती प्रकृया र नापी प्राबिधिक पिच्छेको चिनल । सबै ब्यधानलाई चिरेर अघि बढन कम सकस थिएन । यधपी ०५ नम्बर वडा कार्यालय र यसको नेत्रीत्व सडक चौडा पार्ने काममा तल्लिन रहदै गयो ।
र अन्तत: ८ बर्ष अघि देखी रोक्किराखेको सडक चौडा पार्ने योजनाले साकार रुप लिएको छ ।
वडाले बिकासको कार्यलाई थाती राख्न हुन्न भन्ने मान्यता राखी बाटो खोल्न तत्परता देखायो । वडा अध्यक्ष बिकासमान श्रेष्ठले आफू निर्वाचित भएर आए पस्चात यस बाटो खोल्न निकै कसरत गरे । यस दौरानमा कयौ पटक सरोकारवालासँग बैठक बस्ने देखी लिएर डेलिगेशन जाने कामहरु उनकै नेत्रीत्वमा भयो र अन्तत डेढ बर्ष पुग्दा नपुग्दै उक्त बाटोले पूर्ण रुपेण निकास पायो ।
सडक चौडा पार्न प्रमुख जिल्ला अधिकारी प्रेम राज जोशीको संयोजनमा गत मङ्सिर २७ गते ललितपुर स्थित तीन वटै क्षेत्रका संघिय साम्सद, प्रदेश साम्सद, ०५ नम्बर वडाका अध्यक्ष एबम वडा सदस्यहरु, नापी बिभाग , उपत्यका विकास प्राधिकरण , सम्बन्धित जग्गा धनी र केही स्थानियको बैठक बस्यो । र मङ्सिर २८ गते नै सम्बन्धित सबैको रोहरबरमा अदालतको निर्णय बम्मोजिम नाप जाँच गरि चिनो लागाउने काम सम्पन्न भयो । र वडा कार्यालयले चिनो लगाएको ४८ घण्टा बित्दा नबित्दै अाइतबार पौष ०१ गते सडक चौडाका लागि डोजर लगाउदै फैसला एबम् निर्णय कार्यन्वयन गर्यो ।
सडक चौडा पारेसंगै निकै उत्साहित देखिएका वडा अध्यक्ष बिकासमान श्रेष्ठ भन्छन् ‘ढिला भए पनि काम सम्पन्न भयो, तर हामीले बागडोर सम्हालेको डेढ बर्षमा नै हामीले गरेर देखायौ, यसबाट बिकास र जनचाहना पुरा गरे जस्तो लागेको छ, अब अन्य अधुरा कामलाई पुरा गर्न हौसला मिलेको छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #क्सबृज-थसिखेल सडक
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५काठमाडौको तारकेश्वर भयानक दुर्घटना, ३ जनाको घटना स्थलमै मृत्यु
- ६नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ७काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ८नेपालटारको ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र ताला
तपाईको कमेन्ट लेख्नुहोस्