सम्पती मासिकका प्रधान सम्पादक चौलागाँई सम्मानित
काठमाडौं । रौतहट टाइम्स साप्ताहिक तथा सम्पती मासिकका प्रधान सम्पादक गोबिन्दप्रसाद चौंलागाँइ सम्मानित हुनुभएको छ ।
उहाँलाई पुर्वप्रधान मन्त्री एवं नेकपा वरिष्ठ नेता झलनाथ खनालले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
पत्रकार चौंलागाँइ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रेस काउन्सिलका बोर्ड सदस्य समेत हुनुहुन्छ ।
उहाँलाई जनअपेक्षा सहकारी संस्था लिमिटेडको वार्षिक उत्सवको अवसरमा नेपालको प्रशासनिक पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सम्मान पत्र सहित सम्मानित गरिएको बताइएको छ ।
कार्यक्रममा पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीलाई समेत आर्थिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा ठूलो संख्यामा बिशिस्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सम्मानित हुनेमा चौलागाँइका अतिरिक्त पुर्व अर्थमन्त्री भरतमोहन अधिकारी, खगेन्द्र अधिकारी लगायतका व्यक्तित्वहरु हुनुहुन्थ्यो ।
क्याटेगोरी : समाचार
ट्याग : #चौलागाँई सम्मानित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्