सम्पती मासिकका प्रधान सम्पादक चौलागाँई सम्मानित

काठमाडौं । रौतहट टाइम्स साप्ताहिक तथा सम्पती मासिकका प्रधान सम्पादक गोबिन्दप्रसाद चौंलागाँइ सम्मानित हुनुभएको छ ।
उहाँलाई पुर्वप्रधान मन्त्री एवं नेकपा वरिष्ठ नेता झलनाथ खनालले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
पत्रकार चौंलागाँइ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रेस काउन्सिलका बोर्ड सदस्य समेत हुनुहुन्छ ।
उहाँलाई जनअपेक्षा सहकारी संस्था लिमिटेडको वार्षिक उत्सवको अवसरमा नेपालको प्रशासनिक पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सम्मान पत्र सहित सम्मानित गरिएको बताइएको छ ।
कार्यक्रममा पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीलाई समेत आर्थिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा ठूलो संख्यामा बिशिस्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सम्मानित हुनेमा चौलागाँइका अतिरिक्त पुर्व अर्थमन्त्री भरतमोहन अधिकारी, खगेन्द्र अधिकारी लगायतका व्यक्तित्वहरु हुनुहुन्थ्यो ।
क्याटेगोरी : समाचार
ट्याग : #चौलागाँई सम्मानित
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्