श्रीलङ्कामा एक दिनलाई पुग्ने इन्धन बाँकी

कोलम्बो । श्रीलङ्कामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ ।
देशमा आर्थिक सङ्कट गहिरिएसँगै छ ऊर्जा मन्त्रीले उक्त जानकारी दिनुभएको हो । तेल अभावले सार्वजनिक यातायात ठप्प छ ।
राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लामो लाइन छ । यद्यपि, अधिकांश पम्पिङ स्टेसन केही दिनदेखि इन्धनविहीन छन् । ऊर्जा मन्त्री कञ्चना विजेसेखेराले मुलुकमा करिब ४ हजार टन पेट्रोलको भण्डार रहेको र त्यो एक दिनको खपतभन्दा केही कमी भएको बताउनुभयो ।
अर्को पेट्रोल ढुवानी २२ र २३ जुलाईको बीचमा हुने उहाँले अपेक्षा गर्नुभएको छ। टाट पल्टिएको श्रीलङ्काले आपत्कालीन अवस्थामा बाहेक सबै इन्धन बिक्रीमा दुई हप्ताको लागि रोक लगाएको थियो ।एजेन्सी
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #श्रीलङ्का
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्