तालिममा गोली चलाउँदा प्रहरी घाइते
मुना थापा
विराटनगरको रानीस्थित पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्रमा मंगलबार दिउँसो तालिमका क्रममा गोली लागेर एक प्रहरी जवान घाइते भएका छन् । पेस्तोलको गोली लागेर प्रहरी जवान सिरहा घर भएका २७ वर्षीय राजेन्द्र यादव घाइते भएका हुन् ।
तालिम केन्द्रका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० शहकुलबहादुर थापाका अनुसार घाइते यादवको देव्रे हातको हत्केला छेडेर गोली पार भएको छ । प्रशिक्षार्थी प्रहरीहरुलाई तालिममा गोली हान्न सिकाउने क्रममा दिउँसो २ बजे घटना भएको एसएसपी थापाले जानकारी दिए । ‘प्रशिक्षार्थीहरुलाई फायरिङ गराउने क्रममा अचानक पेस्तोलमै गोली अड्किन पुग्यो,’ उनले भने, ‘त्यही पेस्तोल सफा गरेर बाहिर निकाल्न लाग्दा गोली पड्किएर प्रहरी जवानको हत्केलाबाट पार भयो ।
थापाका अनुसार पेस्तोलका पार्टपूर्जा नै बाहिर निस्किएका थिए । घटनापछि घाइतेलाई उपचारका लागि अस्पताल लगिएको थियो । अहिले स्वास्थ्य अवस्था समान्य रहेको बताइएको छ । घाइतेलाई विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । अहिले थप उपचारका लागि काठमाडौं लगिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रहरी घाइते
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्