टोखाको बानियाटारमा लोकदोहोरी गायिका मृत अवस्थामा फेला , सामाजिक सञ्जालमा सुसाइड नोट

काठमाडौँ, असार । लोकदोहोरी गायिका दिलमाया सुनार मृत अवस्थामा भेटिएकी छन् ।
विहान काठमाडौँको बानियाटारस्थित डेरामा उनी मृत भेटिएकी हुन् । उनको सामाजिक सञ्जालमा सुसाइड नोट समेत भेटिएको छ । तर, घटनास्थलको प्रकृति हेर्दा उनको हत्या हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
सुर्खेत मालारानी स्थायी घर भएकी सुनार एक दशकदेखि लोकदोहोरी गायनमा सक्रिय थिइन् । करिब ३० वर्षीया गायिका सुनारको मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सूर्य श्रेष्ठ रहेका छन् । उनलाई हनुमानढोकामा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठ शनिबार विहान २ बजे मृतक सुनारको डेरामा गएका थिए ।
घटना रहस्यमय भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको गायिका टिका पुनले जानकारी दिइन् ।
त्यस्तै, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका उपमहासचिव शिव हमालले सत्यतथ्य तत्काल बाहिर ल्याउन आग्रह गरेको दैनिक नेपाललाई जानकारी दिए । उदयीमान गायिका सुनारको मृत्यु प्रकरणले लोकदोहोरी क्षेत्र स्तब्ध बनेको छ ।
यस्तो छ गायिका सुनारको सामाजिक सञ्जालमा भेटिएको सुसाइड नोटः
नमस्कार सबै जनामा र सबैलाई मिठो सम्झना छ । यो जिन्दगिको उतावचढाव धेरै भोगेँ तर जब म जान्ने भएँ अनि म एक्लो भएँ र कसैको माया पाउन जति कोसिस गरे पनि पाउन सकिनँ । तर पनि हार खाईनँ तर अहिले धेरै गाह्रो भयो । म बाँचेर पनि दिनदिनै मर्न सकिनँ । आमा तिम्री छोरी धेरै थाकिछे । जिन्दगिको मोड धेरै अप्ठेरा आए पार पनि गरेँ । मैले गरेजस्तो लाग्दैन । जसलाई राम्रो गर्छु भने पनि भएन । म कहाँ जाउँ आमा दुःख पोख्न माइत आउँ भनी तिमलाई थाहा छ सबै कुरा भित्रभित्रै मोरेर बाँचेछु । आमा म नभएर केभो त ४ बैनी छोरी अरस छन् । मन बुजाउनु नरुनु आमा । छोरा तिमीलाई धेरै पढाउने मन र ठूलो मान्छे बनाउने मन थियो छोरा सकिनँ । तिमी जसरी भएपनि ठूलो मान्छे बन्नु है । म नभए तापनि मेरो आशीर्वाद सधैँ तिमीसित हुनेछ । बैनी हर्ष आमालाई गालि नगर्नु । आमा बाँच्दासम्म मेरो कमि हुन नदिनु । मेरो गीत जहाँ छ जति छ बजारमा ल्याइदिनु जसले भए पनि । र म थाकेँ धेरै थाकेँ अब म बाँच्न सक्दिनँ यो दुनियाँ धेरै स्वार्थी छ र म आफ्नो ईच्छाले यो कदम उचालेकी छु । र कसैलाई दोष छैन । र कसैले खोजी नीति पनि नगर्नु र मलाई पोष्टमार्टम पनि नगर्नु । म शीत पैसा छैन । म शीत थोरै सुन छ । त्यो सुन बेचेर पैसा मेरो छोरालाई दिनु । घरबेटीहरुलाई कसैले केही नगर्नु र अरसलाई पनि कसैले केही नगर्नु र मेरो लाश जसरी हुन्छ घरसम्म पुर्याइदिनु अप्ठ्यारोमा मेरो छोरालाई हेर्दिनु । छोरा चिन्ता नगर्नु है यही सम्झिनु मेरो आमा सानैमा मरेको हो भनेर मन बुजाउनु सबैले मलाई कायर भन्नुहुन्छ होला र मलाई बाँच्न अति गाह्रो भयो । कतिबेला के हुन्छ थाहा छैन मेरो जीवन ।
क्याटेगोरी : समाचार
ट्याग : #लोकदोहोरी गायिका दिलमाया सुनार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्