Techie IT
बिहीबार, जेठ २,२०८२

मौसमको प्रतिकूलताका कारण जहाजको खोजीमा कठिनाइ


कास्की । पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्न मौसमको प्रतिकूलताले कठिनाइ भएको छ ।

बाक्लो हुस्सु लागेका कारण पोखराबाट खोजीका लागि गएको नेपाली सेनाको हेलिकप्टर कोवाङमा अवतरण भएको र अर्को फिस्टेल एयरको हेलिकप्टर जोमसोम विमानस्थलमा रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

पोखराबाट मुस्ताङको जोमसोमका लागि आज बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएसँगै त्यसको खोजीकार्यलाई तीव्र बनाइएको छ ।

यसअघि जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको थियो । स्थानीय बासिन्दाले धौलागिरि र मानापाथी हिमालको बीचतिर जहाज हराएको हुनसक्ने आशङ्का गरेका कारण उक्त क्षेत्रमा स्थलमार्ग हुँदै नेपाली सेना, प्रहरी, सशस्त्रसहितको टोली गएको पाण्डेले जानकारी दिनुभयो ।–रासस


क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारा एयर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:13 am6:46 pm +0545