जहाज हराउनु अघि पाइलटले के भनेका थिए ?

काठमाडौँ, १५ जेठ । जोमसोमका लागि पोखराबाट उडेको तारा एयरको जहाजका पाइलट प्रभाकर घिमिरेले लेतेको आकाशमाथिबाट अन्तिमपटक कुराकानी गरेको खुलेको छ ।
विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर पुष्कल शर्माले पाइलट घिमिरेसँग कुराकानी भएको बताए ।
पाइलट घिमिरले कुराकानीमा हावाको गतिको विवरण सोधेको शर्माले बताए ।
हावाको विवरण दिएपछि आफूले समिटको जहाज अवतरण गराउन लागेको र त्यसपछि तारा एयरको जहाजलाई पुन: सम्पर्क गर्दा सम्पर्क नभएको शर्माले बताए ।
जोमसोमको हावाको विवरण माग्दा ताराको जहाज १२ हजार ५ सय फिटको उचाईमा रहेको शर्माको भनाइ छ ।
जोमसोम विमानस्थल ९ हजार फिट उचाईमा छ । शर्माका अनुसार घिमिरेलाई जानकारी दिँदा जोमसोमको हावाको गति २५ नटिकल माइल प्रतिघण्टा (४६.३ किमि)को गतिमा थियो । यो गति सामान्य नभए पनि जोमसोममा भने यो गतिमा विमान टेक अफ र अवतरण हुने शर्माले जनाए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारा एयर
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्