एक करोड नाघे टेलिकमका फोरजी प्रयोगकर्ता

नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या एक करोड भन्दा बढी पुगेको छ। २०७८ चैत महिनाको विवरणअनुसार फोरजी ग्राहक आधार एक करोड चार लाख २१ हजार ९७६ पुगेको हो।
यस अवधिमा कम्पनीका थ्रिजी ग्राहक ९४ लाख ८२ हजार ५८० छन्। समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता दुई करोड २० लाख ९१ हजार ७८५ छन्। बाँकी २१ लाख ८७ हजार २२९ टुजी प्रविधिका ग्राहक छन्।
अघिल्लो महिना अर्थात २०७८ फागुनमा फोरजी ग्राहक आधार ९८ लाख ९३ हजार ८७४ र थ्रिजी ग्राहक आधार ९९ लाख ४३ हजार ७२९ थियो।टेलिकमले नेपालमा नै पहिलो पटक २०७३ पौष १७ गतेबाट काठमाडौं र पोखराबाट शुरु गरेको फोरजी/एलटिई सेवालाई २०७६ असोज १५ गतेदेखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको छ ।
फोरजी सेवा प्रयोग गर्नका लागि उपयुक्त मोबाइल फोन सेटका साथै सिम कार्ड पनि सेवा चल्ने हुनु पर्दछ। र फोरजी नेटवर्क उलपब्ध भएको क्षेत्रमा हुनु जरुरी छ। आफ्नो मोबाइल फोनबाट *444# डायल गरी प्राप्त निर्देशन अनुरुप फोरजी सेवा प्रयोग गर्न सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन र फोरजी एक्टिभेट गरी सेवा सुचारु समेत गर्न सकिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल टेलिकम
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्