तिहारमा पटाकाको आतङ्क
तिहार र छठ पवर्का बेला पश्चिम नवलपरासीमा रमाइलोका लागि पटाका पटकाउँदा आतङ्क नै भएजस्तो हुन्छ ।
खुला सीमानाकाको फाइदा उठाउँदै भारतीय बजार ठुटीबारीबाट गैरकानूनी रुपमा सदरमुकाम परासीसहित मुख्य बजारमा भित्र्याइएका पटका पड्काउँदा स्थानीयवासी आतङ्कित भएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले दीपावलीको समयमा पटाकाजज्य विष्फोटक पदार्थ पट्काउन बर्जित गरे पनि गैरकानूनी रुपमा भित्रिने पटाकाले साँझको समयमा एक किमिसको आतङ्क नै सिर्जना गरेको पाल्हीनन्दनका अशोक गुप्ता बताउनुहुन्छ । साँझको बेला आतङ्क नै सिर्जना हुने गरी पटाका पड्काइदासमेत प्रहरीले कुनै चासो नदेखाएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष रामजी ज्ञवालीको आरोप छ ।
परासी बजार क्षेत्रमा ठूलो र चर्को आवाज दिने पटाकाको आवाजले आतङ्क मच्चाउने गरेको अर्का स्थानीयवासी जीतेन्द्र गुप्ता गुनासो गर्नुहुन्छ । भारतीय बजारमा दीपावलीको अवसरमा उत्सवको रुपमा पट्काइने पटाकाजन्य विष्फोटक पदार्थले नेपाली बजारमा पनि स्थान पाउँदै आएको छ ।
चाडपर्वका बेला सीमामा जाँचका क्रममा ठूलो परिमाणमा पटाकाजन्य विष्फोटक पदार्थ बरामद भए पनि यस्ता सामान दिनहुँ भित्रिने क्रम भने यथावत छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्ट पटाकाजन्य विष्फोटक पदार्थको प्रयोग तथा बिक्री वितरण नियन्त्रणमा प्रहरीले सक्दो प्रयास गरिरहेको बताउनुहुन्छ । सीमाक्षेत्रमा पनि कडा जाँच भइरहेको उहाँकोे भनाइ छ । पृथ्वीचन्द्र अस्पतालका डा अनन्त शर्माका अनुसार पटकाबाट निस्कने धुँवाले फोक्सोको सङ्क्रमण, हृदयघात र क्यान्सर हुनसक्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पटाकाको आतङ्क
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्