Techie IT
बुधबार, चैत्र १२,२०८१

बुद्ध शान्ती फाउण्डेशनद्वारा पुस्तकालय स्थापना


बुद्ध शान्ती फाउण्डेशन द्वारा श्री टिका विध्याश्रम सानेपामा स्थापना गरिएको पुस्तकालय एक बिशेष कार्यक्रममा प्रमूख अतिथि वरिश्ठ शिक्षाविद प्रा। डा। केदार भक्त माथेमा तथा बुद्ध शान्ती फौण्डेशनका अध्यक्ष श्री सन्ध्या रेग्मीले उद्घाटन गरेका छन । बुद्ध शान्ती फौण्डेशनका संस्थापक अधक्ष्य सन्ध्या रेग्मीको विशेश सकृयाता मा झन्डै एक वर्श अघि प्रस्तावना लेखी छनोट भएअनुसार यस बिद्यालयमा पुस्तकालय स्थापनाका लागी सहयोग प्रदान गरिएको थियो । त्यस अनुरुप झन्डै ५ लाख मुल्य बराबरका काठका फर्निचरहरु र ४ लाख मुल्य बराबरका पुस्तकहरु प्रदान गरी बुद्ध शान्ती फौण्डेशनले त्यस विद्यालयको ईतिहासमा प्रथम पटक पुस्तकालय स्थापना गर्यो ।

बिशेष गरी शिक्षाको क्षेत्रमा विश्वका २० मुलुकका अभावग्रस्त विद्यालयाहरुलाई ३ देखी १७ वर्श का विध्यार्थीहरु लाभान्वित हुन गरी सहयोग प्रदान गर्दछ ।

पुस्तक हस्तान्तरण कार्यक्रममा बुद्ध शान्ती फौण्डेशनका भिक्क्षुहरुले स्पर्श गरी पुस्तकको हस्तान्तरण गर्नु भयो। नेपाली र अङ्रेजी दुवै भाषा का १३०० भन्दा बढी पुस्तकहरु भाषा, साहित्य, बाल साहित्य, विश्व प्रसिद्ध व्यक्तित्वहरु, चर्चित उपन्यासहरु, मदन पुरस्कार विजयी कृतिहरु, नोवेल पुरस्कार विजयी कृतिहरु, गणित, विज्ञान, व्यवस्थापना, धर्म, अध्यात्म, दर्शन, बुद्ध, चाणक्य, बिदुर नीती, योग, ध्यान, प्राणायम, स्वास्थ, खेलकुद, कला ९चित्रकारीता०, लगायत ओशो समेत गरी विविद विधा का असन्ख्य पुस्तक रहेका छन ।

उद्घाटन कार्यक्रममा विद्यालयका प्रधानआध्यपक बिमला देवी लामिछानेले स्वागत मन्तब्व दिनुभएको थियो भने बुद्ध शान्ती फौण्डेशनका समरक्षाक अमेरिका निवासी प्रध्यापक सञ्जय देवले एउटै पुस्तकले कुनै व्यक्तीको जीवन नै परिवर्तन गर्न सक्ने हुँदा पुस्तक पढ्ने बानी सानै देखी बसाल्नु पर्ने बताउनु भयो। बुद्ध शान्ती फौण्डेशनका संस्थापक अधक्ष्य सन्ध्या रेग्मीले साहित्यले समाजलाई मार्गनिर्देशान् गर्न सक्ने हुँदा बिधार्थीलाई नेपाली र अङ्रेजी दुवै भाषाका साहित्यिक पुस्तकहरुको अध्ययन गर्न हौसल दिनु भयो र पुस्तकालयलाई दीगो बनाउन विद्यालयले चाल्नु पर्ने कदमहरुमा पनि प्रकाश पार्नु भयो । प्रमूख अतिथि प्रा। डा। केदार भक्त माथेमाले यो पुस्तकालय विश्वमा आइरहेका नयाँ र पौराणिक ज्ञानको भणडारको रूपमा रहेको बताए।


क्याटेगोरी : समाचार
ट्याग : #बुद्ध शान्ती फाउण्डेशन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Mist
5:59 am6:19 pm +0545