यस कारण केसब स्थापितलाई बखास्त गरिदैं

प्रदेश—३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थाापितलाई पदबाट हटाउन मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गर्नुभएको छ ।
सो बारे पार्टीको नेतृत्वसँग छलफलका लागि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलसहित आज काठमाडौं आएका छन् । मुख्यमन्त्री पौडेलले मन्त्री स्थापितको कार्यशैली सन्तोषजन नभएको भन्दै पदबाट हटाउन आग्रह गर्नुभएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको अनुमति पाएपछि मात्र मुख्यमन्त्री पौडेलले स्थापितलाई मन्त्री पदवाट हटाउने मुख्यमन्त्री निकट एक मन्त्रीले बताए ।
ती मन्त्रीका अनुसार मन्त्री स्थापितले मुख्यमन्त्री पौडेललाई पटक पटक अपमान गरेका छन् । मन्त्रिपरिषदको दोस्रो वरियतामा रहेका मन्त्री स्थापितले आफ्नो जिम्मेवारी पूरा नगरेको पनि आरोप लाग्ने गरेको छ । मुख्यमन्त्री पौडेल मन्त्री विशेष गरी स्थापितको बुधबारको व्यवहारबाट अत्यन्त आक्रोशित हुनुभएको हो । एक मन्त्रीले भने, ‘नरम र शिष्ट स्वभावका मुख्यमन्त्री पौडेल स्थापितको व्यवहारबाट अत्यन्त आक्रोशित भएका छन, स्थापित हावादारी कुरा गर्ने र कहिले पनि गम्भीर नहुने स्वभावका रहेछन् । ’
मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्रीले कार्यशैलीप्रति असन्तुष्टी जनाएपछि मन्त्री स्थापितले अपमान गरेको ती मन्त्रीले बताए । एक मन्त्रीले भने, ‘मुख्यमन्त्री भनेको नेता हो, उनको नेतृत्व मानेर सरकारमा गइसकेपछि मिलेर काम गर्नुपर्छ । असहमति हो भने राजीनामा दिनुपर्छ । तर, स्थापितको शैली असन्तुलित र असामान्य देखियो । उनी अभद्र ढंगले प्रस्तुत भएपछि टेबुल ठोकाठोक समेत भयो ।’
मन्त्री स्थापित बुधबार बेलुका नै काठमाडौं आइसकेका छन् । १३ अर्ब बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयले खासै काम अगाडी बढाउन सकेको छैन । समाचार कान्तिपुरमा छ ।
क्याटेगोरी : समाचार
ट्याग : #केसब स्थापितलाई बखास्त
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्