यस कारण केसब स्थापितलाई बखास्त गरिदैं
प्रदेश—३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थाापितलाई पदबाट हटाउन मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गर्नुभएको छ ।
सो बारे पार्टीको नेतृत्वसँग छलफलका लागि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलसहित आज काठमाडौं आएका छन् । मुख्यमन्त्री पौडेलले मन्त्री स्थापितको कार्यशैली सन्तोषजन नभएको भन्दै पदबाट हटाउन आग्रह गर्नुभएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको अनुमति पाएपछि मात्र मुख्यमन्त्री पौडेलले स्थापितलाई मन्त्री पदवाट हटाउने मुख्यमन्त्री निकट एक मन्त्रीले बताए ।
ती मन्त्रीका अनुसार मन्त्री स्थापितले मुख्यमन्त्री पौडेललाई पटक पटक अपमान गरेका छन् । मन्त्रिपरिषदको दोस्रो वरियतामा रहेका मन्त्री स्थापितले आफ्नो जिम्मेवारी पूरा नगरेको पनि आरोप लाग्ने गरेको छ । मुख्यमन्त्री पौडेल मन्त्री विशेष गरी स्थापितको बुधबारको व्यवहारबाट अत्यन्त आक्रोशित हुनुभएको हो । एक मन्त्रीले भने, ‘नरम र शिष्ट स्वभावका मुख्यमन्त्री पौडेल स्थापितको व्यवहारबाट अत्यन्त आक्रोशित भएका छन, स्थापित हावादारी कुरा गर्ने र कहिले पनि गम्भीर नहुने स्वभावका रहेछन् । ’
मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्रीले कार्यशैलीप्रति असन्तुष्टी जनाएपछि मन्त्री स्थापितले अपमान गरेको ती मन्त्रीले बताए । एक मन्त्रीले भने, ‘मुख्यमन्त्री भनेको नेता हो, उनको नेतृत्व मानेर सरकारमा गइसकेपछि मिलेर काम गर्नुपर्छ । असहमति हो भने राजीनामा दिनुपर्छ । तर, स्थापितको शैली असन्तुलित र असामान्य देखियो । उनी अभद्र ढंगले प्रस्तुत भएपछि टेबुल ठोकाठोक समेत भयो ।’
मन्त्री स्थापित बुधबार बेलुका नै काठमाडौं आइसकेका छन् । १३ अर्ब बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयले खासै काम अगाडी बढाउन सकेको छैन । समाचार कान्तिपुरमा छ ।
क्याटेगोरी : समाचार
ट्याग : #केसब स्थापितलाई बखास्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्