मेयरको आकांक्षी गर्दे कृष्णमानको तारकेश्वर नगरपालिकामा १३ बुंदे ध्यानाकर्षण

काठमाडौँ । तारकेश्वर नगरपालिका आसन्न स्थानीय तहको निर्वाचनमाआधा दर्जन कांग्रेस नेताहरुको दावेदारी छ । तारकेश्वर नगरपालिकाको मेयरमा कांग्रेस नेता कृष्णहरि महर्जन, कृष्णमान श्रेष्ठ, राम थापा मनहरि तिवारी सहित आधा दर्जन मेयरका आकांक्षी छन ।
गत निर्वाचनमा तारकेश्वर नगरपालिकाको मेयरमा एमालेबाट रामेश्वर बोहरा विजयी भएका थिए । विजयी भएका बोहराले ९ हजार ३२६ मत ल्याएका थिए भने पराजित कांग्रेस उम्मेदवार श्रीराम थापाले ७ हजार ७५७ मत प्राप्त गरेका थिए ।
उपप्रमुखमा पनि एमालेले जितेको थियो । एमालेबाट भवानी डोटेल धिताल १० हजार ३३७ मत सहित विजयी हुँदा कांग्रेस दोस्रो स्थानको मत ल्याई पराजित भएको थियो । कांग्रेसबाट गीता न्यौपाने अर्यालले ६ हजार ९८३ मत ल्याएकी थिइन् ।
मेयरका आकांक्षी कृष्णमानले भने नगरवासीहरुको आग्रहमा नै मेयरमा उम्मेदवारी दिन लागेको बताए उनले भने ‘तारकेश्वरमा नेपाली कांग्रेसलाई जिताउने अभियानमा छु ।
उठ्नको लागि सबैले मेरो मूल्यांकन गरेर नै अघि बढ भन्नुभएको छ,’ । साथै कृष्णमानले नेतृत्वको ध्यानाकर्षण गराउँदै उम्मेदवार चयन गर्दा सक्षमलाई दिनु पर्ने स्प्रष्ट पार्छन् । उनले नेतृत्वले ध्यान दिनु पर्ने कुरा सुझाउदै सामाजिक सञ्जालमा आफ्नो दावी र योजना पेश गर्छन् ।
उनले पेश गरेको दावी यसप्रकार रहेको छ ।
१. एकपटक उठीसकेकाहरूलाइ पुनः सिफारिस नगरौं ।
२. एक व्यक्ति, एक पदू लाई दृढतापूर्वक कार्यान्वयन गरौं ।
३. विकासप्रेमी, अनुशासित, इतिहास बनाएको, पार्टीमा योगदान गरेको, स्पष्ट वक्ता, माथिसम्म पहुँच भएको र सुखदुःखमा साथ र संरक्षण गर्न सक्ने उम्मेदवारहरूलाई मात्र चयन गरौं ।
४. यसपटक अर्थ,राजनीति सम्बन्धि बुझेको व्यक्तिलाई सिफारिस गरौं ।
५. आर्थिक रूपमा अत्यन्त इमानदार र नेतृत्व गर्न सक्ने प्रतिनिधिहरूलाइ मात्र चयन गरौं ।
६. निडर, साहसी, समाजलाई बुझेको र सहमति, सहकार्य र एकता गर्न सक्ने प्रतिनिधिहरूलाइ पठाऔं ।
७. नयाँ संविधान, गणतन्त्र र परिवर्तनप्रेमी प्रतिनिधिहरूलाई सिफारिसका साथ चयन गरिदिनुहुन हार्दिक अनुरोध छ ।
८. तारकेश्वर नगरपालिकाको प्रमुखमा यसपटक मेरो पनि उम्मेदवारी रहने सहर्ष अवगत गराउन चाहन्छु ।
९. म तारकेश्वरवासी हजुरहरू सबैको सेवा गर्न सक्षम, आकांक्षी र इच्छुक रहेको जानकारी गराउँदछु ।
१०. हजुरहरू सबैको आशीर्वाद पाएमा म अवश्य विजयी हुनेछु र पुनःदोहोर्याएर नउठने वाचा आजै गर्दछु । सबैलाई आलोपालोको व्यवस्था मिलाउने प्रक्रियाको थालनी गर्न दृढतापूर्वक उभिनेछु ।
११. हरेक निर्णयप्रक्रियामा हजुरहरूलाइ अनिवार्य सहभागी गराइ सामूहिक निर्णयप्रक्रियाका आधारमा मात्र अघि बढ्नेछु ।
१२.कसैलाई कुनै प्रकारको भेदभाव नगर्ने संकल्प गर्दछु ।
१३ अन्त्यमा, तारकेश्वर नपाको समग्र र नमूना विकासका लागि तुरुन्तै डीपीआर तयार पारी प्रदेश र संघीय सरकारसँगसमन्वय गर्दै नीजि र अन्तर्राष्ट्रिय दातृसंस्थाहरूसँग समेत सहकार्य गर्ने वचनबद्धता व्यक्त गर्दछु ।
क्याटेगोरी : समाचार
ट्याग : #कृष्णमानको तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्