एमालेले माग्यो स्थानीय तह चुनावको घोषणापत्रमा सल्लाह र सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी स्थानीय तहको चुनावका लागि पार्टीले तयार पार्ने घोषणापत्रमा सल्लाह र सुझाव माग गरेको छ ।
आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले आगामी वैशाख ३० गतेका लागि तय भएको चुनावका लागि एमालेको केन्द्रले बनाउने स्थानीय तहको प्रतिवद्धता तथा घोषणा पत्रमा समेट्न विषयका लागि सल्लाह र सुझाव माग गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।
सुझाव दिन चाहने हरुले इमेल मार्फत त्यस्तो सुझाव दिन सक्ने उनले बताए । गुरुङका अनुसार सुझाव दिन चाहनेले partyhq@cpnuml.org मा इमेल गर्न सक्ने बताए ।
प्रतिवद्धता पत्रका लागि एमालेले चैत १६ गते भर्चुअल अन्तरक्रिया समेत राखेको बताउँदा उनले केन्द्रीय नेताहरू भौतिक रूपमा तथा प्रदेश, जिल्ला र पालिकाका नेताहरू भर्चुअल रूपमा उपस्थित हुने उनले बताए । केन्द्रीय घोषणा पत्रको मस्यौदा तयार भइसकेको र स्थायी कमिटी सदस्यले चैत २० सम्म त्यसमा लिखित सुझाव दिने गुरूङले बताए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्