महानगरको नीति, योजना र निर्णयमा कुनै विवाद छैन : मेयर शाक्य

चैत । जनप्रतिनिधि पदवहाली भएपछि काठमाडौँ महानगरले सम्पदा पुननिर्माण, संरक्षण र प्रवर्धनका लागि गरेका कामका विषयमा पत्रकारहरुलाई जानकारी गराइएको छ ।
हिजो शुक्रबार मेयर विद्यासुन्दर शाक्यले, महानगरका क्षेत्रगत काममध्ये मूर्त अमूर्त सम्पदा जोगाउन, सम्बर्धन तथा प्रवर्धन गर्न लिएका नीति, बनाइएका योजना र योजना कार्यान्वयनका लागि विनियोजन गरिएको बजेटका विषयमा जानकारी गराएका हुन् ।
‘संस्थागत निर्णय गर्दा पदाधिकारीबीच छलफल र परामर्श हुन्छ । महानगरका निर्णय गर्ने, योजना बनाउने पद्धति छ । जिम्मेवारी छ । त्यसैअनुरुप भएका कुनै पनि योजनामा विवाद छैन । हामीले सम्पदा संरक्षण र प्रवर्धनका काम गर्दा प्राचीन स्मारक ऐन २०१३ को कानुनी व्यवस्थालाई नाघेका छैनौँ,’ मेयर शाक्यले भने ।
‘हामीले भौतिक सांस्कृतिक सम्पदातर्फ काष्ठमण्डप, कमलपोखरी, दरबार हाइ स्कूल, वडाहरुमा भएका ऐतिहासिक वहाः वही, मठमन्दिर, चैत्य, विहार, गुठी घर, द्यःछें जस्ता १५० भन्दा बढी सम्पदाहरुको पुनर्निर्माण गरिसकेका छौं,’ उनले भने, ‘यी भौतिक सम्पदासँग सांस्कृतिक, सामाजिक र धार्मिक गतिविधि सम्बन्धित छन् । ती चालचलन चलाउन आवश्यक पर्ने परम्परागत जात्रा पर्व सञ्चालन गर्ने, यसका लागि आवश्यक पर्ने बाजागाजा, नाच, भेष भुषा, खाना तथा चलनलाई नासिन नदिन लगानी गरेका छौँ ।’
महानगरले सम्पदा क्षेत्रमा वार्षिक १ अर्व भन्दा बढी रकम विनियोजन गर्ने गरेको उनको भनाइ छ । यसबाट ‘सांस्कृतिक सहर, काठमाडौं महानगर’ को नारालाई सार्थक बनाउन कला, भाषा, साहित्य, संस्कृति र सम्पदाहरुको संरक्षण, सम्वर्धन, निर्माण एवं पुनः निर्माणको कामलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेको उनले बताए ।
महानगरपालिकाले महानगरभित्र मात्र नभई उपत्यकाका भित्रका अन्य नगरपालिका र भगिनी सम्बन्ध भएका विभिन्न नगरका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका क्षेत्रहरुको विकास तथा संरक्षणमा सहकार्य र साझेदारी गर्दै यथासम्भव सहयोग गर्दै आइरहेको मेयर शाक्यको भनाइ थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मेयर शाक्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्