संखुवासभाको स्थानीय निर्वाचनमा गठबन्धन हुने

खांदबारी, २५ फागुन – पूर्वी पहाडी जिल्ला संखुवासभामा स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने भएको छ ।
सरकारले बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै एमालेबाहेकका राजनीतिक दलका नेताको बैठकले संखुवासभामा गठबन्धन गरेर अगाडि बढ्ने सहमती गरेका हुन् ।
नेपाली काँग्रेस संखुवासभाका सभापति दिपक खड्काको नेतृत्वमा आज बसेको बैठकले गठबन्धन बनाएर अगाडि बढ्ने सहमती गरेको हो ।
बैठकमा एमालेका पूर्व संखुवासभाका अध्यक्ष एवम् हाल संघीय समाजवादीका नेता हेमराज घिमिरे, उमेश डाँगी, दिपक थुकलुङ, जीतमान गुरुङ, नेकपा माओवादी केन्द्र संखुवासभाका नेता राजेन्द्र कार्की, चेतना कार्की, काँग्रेस संखुावासभाका सहसचिव किशोर गुरुङलगायतको उपस्थिती रहेको थियो ।
बैठकमा स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने र गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सबै पार्टीका नेता तथा कार्यकर्ता लाग्ने निर्णय भएको संखुवासभा काँग्रेसका सभापति खड्काले बताउनुभयो ।
क्याटेगोरी : विशेष, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्