रामकोट घटना : किन भयो ५ जनाको सामूहिक आत्महत्या योजना ?

फागुन । काठमाडौंको रामकोटमा एकै परिवारका ५ जनाले सामूहिक आत्महत्याको प्रयास गरेको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ । घटनास्थलमा भेटिएको ‘सुसाइड नोट’ मा आत्महत्याको प्रयासको कारण चरम आर्थिक संकट र स्वास्थ्य समस्या रहेको पाइएको प्रहरीको भनाइ छ ।
रामकोटमा सोमबार बेलुका साढे ९ बजे फ्ल्याट भाडामा लिएर बस्दै आएका एकै परिवारका ५ जना बेहोस अवस्थामा भेटिएका थिए । तीमध्ये ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा मृत्यु भएको छ ।
अन्य ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको काठमाडौं प्रहरी प्रमुख सुदीप गिरीले जानकारी दिए । उपचाररत् ६२ वर्षीय इन्दिरामाया प्रधान, उनका छोरा ३८ वर्षीय भीममान, बुहारी ३५ वर्षीया इन्दिरा र नातिनी ११ वर्षीया सुप्रियाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
डल उनीहरू फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । उनीहरूको कोठामा विषका बट्टाहरू भेटिएका छन् । भीममानले लेखेको सुसाइड नोट करिब १८/१९ पानाको रहेको एसएसपी गिरीले बताए । सुसाइड नोट डायरी जस्तो छ । विभिन्न मितिमा र हिजो पनि लेखेजस्तो देखिन्छ’, गिरीले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #रामकोट घटना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्