प्रचण्डसँग रिसाएका नारायणकाजीलाई भेट्न निवासमै पुगे विप्लव

फागुन । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा (माओवादी) केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न आज बुधबार बिहान हात्तिवनस्थित उनको निवासमै पुगेका छन् ।
अमेरिकी सहयोग परियोजना (एमसीसी) जबरजस्ती पारित गरेको विषयलाई लिएर नेकपा माओवादी केन्द्रभित्र चरम असन्तुष्टि व्यक्त गरिरहेका नेता श्रेष्ठलाई भेट्न विप्लव उनको निवासमै पुगेका हुन् । एमसीसीको विषयलाई लिएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रिसाएका नेता श्रेष्ठ र विप्लवबीचको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
एमसीसीबारे श्रेष्ठ र विप्लवको धारणा एकै खालको रहँदै आएको छ । दुवै नेता एमसीसीको विपक्षमा छन् । श्रेष्ठ रिसाएपछि अध्यक्ष प्रचण्डले पनि यसअघि उनकै निवासमा पुगेर छलफल गरेका थिए । तर, प्रचण्डको कुरा श्रेष्ठले चित्त बुझाएका छैनन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्