सत्ता गठबन्धनमा कुरा नमिल्दा संसद बैठक सारेको सार्यै

काठमाडौं -सभामुख अग्नी प्रसाद सापकोटाले संसद बैठक निरन्तर सार्ने क्रम जारी छ । पुष २८ गतेबाट संसदको बैठक बिना कारण सार्दै आउनुभएको सापोटाले आजको बैठक पनि स्थगित गरेर फागुन २ गतेलाई सार्नुभएको छ ।
अघिल्लो पटक सत्ता गठबन्धनसँग सल्लाह नगरी बैठक सारेको भनेर सापकोटाको व्यापक आलोचना भएको थियो । आजको बैठक सरकारको आग्रहमा सारिएको संसद सचिवालय स्रोतले जनाएको छ । संसद सचिवालयका महासचिव भरत गौतमले विशेष कारण देखाएर बैठक सारिएको सुचना टाँस्नु भएको छ ।
गठबन्धनका दलहरु बीच एमसीसी संसदमा लैजाने ,एमालेको माग सम्बोधन गर्ने लगायतका विषयमा कुरा नमिल्दा संसद बैठक रोकिएको हो ।
माधव नेपाल लगायत १४ जना साँसदलाई एमालेले गरेको कारबाही कार्यन्वयन नगरेको भन्दै सभामुखको भूमिकामा प्रश्न उठाएर एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ ।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले कहिले सभामुखले कहिले सरकारले मनलाग्दी बैठक सारेर दोषचाँही निर्लज्जपूर्ण रुपमा एमालेले दिने गरेको बताउनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अग्नी प्रसाद सापकोटा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्