जेठ ५ भित्र स्थानीय तहको निर्वाचन नगरे मुलुक संबिधानको लिकभन्दा बाहिर : संविधानविद् पोखरेल

काठमाडौं, माघ १५ । संविधानविद् सुनिल पोखरेलले स्थानीय सरकारको पदावधीसँगै सम्बन्धित नै नहुने धारा २२५ को कुरा तेस्र्याएर २०५४ सालपछिको स्थिति सृजना गर्न खोजिएको बताउनु भएको छ ।
प्रेस चौतारी नेपालले शनिबार राजधानीमा आयोजना गरेको स्थानीय तह निर्वाचन संवैधानिक र कानुनी व्यवस्था विषयक अन्तक्रिर्या कार्यक्रममा बोल्दै उहाँले विगतमा २० सम्म अरु चुनावभएको स्थानीय तह जनप्रतिनिधिविहिन भएको अवस्थालाई हेरेर संविधानमै स्थानीय तहको कार्यकाल पाँच वर्ष तोकिएको बताउनु भयो ।
संविधानअनुसार स्थानीय निर्वाचनको तयारी चैतको ५ गतेबाट सुरु गर्नुपर्नेमा सत्तास्वार्थकै कारण अहिलेसम्म तयारी नगर्ने र अहिले धारा २२५ ल्याएर तेस्र्याउँने काम भएको बताउनुभयो । त्यो भनेको गाउँ सभार नगर सभाको पदावधिको कुरा हो, जो जनप्रनिनिधि प्रत्यक्ष निर्वाचित भएपछि गठन हुन्छ । अहिले त्यसैको अपव्याख्या गरियो, उहाँले भन्नुभयो ।
स्थानीय तहका लागि काम गर्न चार वर्ष र पाँचौ वर्ष चुनावको वर्ष भएको पनि उहाँले उल्लेख गर्नु भयो । ‘स्थानीय तह खाली हुँदैन, यसमा सभामुख र प्रम जस्तो होइन, कामचलाउ गर्न पाउँदैनन, उहाँको भनाई थियो । तीनवटै चुनाव एकै पटक गर्ने भन्नु चुनाव नगराउने चाल भएको पनि उहाँले बताउनु भयो ।

पोखरेलले जेठ ५ भित्र स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित नभए स्त.थानीय तह भंग हुने र त्यसपछि मुलुक संबिधानको लिकभन्दा बाहिर पुग्ने बताउनु भयो । यति गम्भीर बिषयमा पनि दलहरु संबिधान भन्दा बाहिर जाने नियतले अनावश्यक बिवादमा उत्रनु निकै खतरनाक संकेत मिलेको पोखरेलले बताउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #संविधानविद् सुनिल पोखरेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्