सार्वजनिक यातायातका साधनमा आजदेखि जोरबिजोर प्रणाली हट्यो, यी सवारीमा छ कायमै

माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बस, माईक्रोबस र टेम्पोमा लागू भएको जोरबिजोर प्रणाली आजदेखि हटाएको छ ।
हिजो शुक्रबार साँझ नयाँ आदेश जारी गर्दै काठमाडौं उपत्यकाको तीन वटै जिल्लामा लागू हुनेगरी ट्याक्सी र निजी सवारीबाहेकमा जोरबिजोर प्रणाली हटाएको हो ।
त्यस्तै औषधि एवम् स्वास्थ्य तथा सरसफाई सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शवबाहनमा पनि जोरबिजोर प्रणाली लागू हुने छैन । त्यस्तै ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारीसाधनले भने चालक र सह–चालक मात्रै रहेर सञ्चालन गर्न पाउने छन् ।
त्यसैगरी खाद्यान्न, पानी, दूग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपंक्षीका दाना एवम् कृषि तथा पशुजन्य सामग्रीहरू बोक्ने सवारीसाधन पनि चालक र सह–चालक मात्रै रहेर सञ्चालन गर्न पाउने छन् ।
त्यस्तै परिचयपत्रका आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारीसाधनमा पनि जोरबिजोर प्रणाली लागू हुने छैन । त्यस्तै परिचयपत्रकै आधारमा बैंक, बीमा तथा वित्तीय संस्था, वायुसेवा कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारीमा पनि जोरबिजोर लागू हुने छैन ।
पत्रकारका हकमा सूचना तथा प्रशारण विभागबाट जारी पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीहरूले प्रयोग गर्ने सवारीसाधन, सरकारी सवारीसाधन र कुटनीतिक नियोगका सवारीसाधनहरूमा पनि जोरबिजोर नलाग्ने भएको छ ।
शुक्रबार नै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले पनि सार्वजनिक सवारीमा भीड बढ्दा झनै जोखिम बढेकाले सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो । त्यसलगत्तै काठमाडौं प्रशासनले नयाँ आदेश जारी गरेर जोरबिजोर प्रणाली हटाएको हो ।
सवारीसाधनबाहेकका हकमा पुरानो आदेश कायम रहेको बताइएको छ । जोरबिजोर प्रणाली शुरु गर्नुअघि सार्वजनिक यातायात व्यवसायीहरूले जोरबिजोर प्रणाली अवैज्ञानिक भएको भन्दै कोरोना संक्रमण रोकथाममा प्रभावकारी नहुने बताएका छन् ।
जोरबिजोर लागू गरे पनि सार्वजनिक यातायातमा गर्न नहुने र त्यसो गर्दा झन् भीड बढ्ने तर्क उनीहरूले गरेका थिए । अहिले उपत्यकाका सीडीओहरू यातायात व्यवसायीकै सुझावमा टेक्न बाध्य भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #जोरबिजोर प्रणाली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्