तारकेश्वरको तिन विद्यालयले पाए बेलायतको आइसएस अवार्ड

काठमाडौं । तारकेश्वर नगरपालिका तीन संस्थागत विद्यालयले बेलायतबाट प्राप्त गरिने ३ वर्षे आइसएस अवार्ड प्राप्त गरेको छ । जसमा हिम रश्मी हाई स्कुल, चिल्ड्रेन हेराल्ड एकेडेमी, श्रृजना ज्ञानसागरले प्राप्त गरेको छ ।
हिम रश्मी हाई स्कुल, चिल्ड्रेन हेराल्ड एकेडेमी र श्रृजना ज्ञानसागरले फुल अवार्ड प्राप्त गरेको छ । तारकेश्वरबाट पहिलोपटक चिल्ड्रेन हेराल्ड र श्रृजना ज्ञानसागरले प्राप्त गरेको छ भने हिम रश्मी हाई स्कुल भने दोस्रोपटक पनि अवार्ड पाउन सफल भएको छ । आइएसए अवार्डहरु प्राप्त गर्न धेरै विद्यालयहरुले सहभागीता जनाएपनि थोरै विद्यालयहरुले मात्र पाउने गरेका छन् ।
दोस्रोपटक पनि अवार्ड पाउनु झन गाह्रो विषय थियो तर हिम रश्मी हाई स्कुलले राम्रो मिहेनत गरेका कारण पाउन सफल भएको विद्यालयका प्रिन्सिपल लोकेन्द्रबहादुर खड्काले बताउनुभयो ।
प्राक्टीकल बेसमा अध्यापन गराइ कक्षा कोठामा पढेको कुरालाई तत्कालै सिप सिक्नुका साथै व्यवहारिक जीवनमा समेत उपयोगी हुने भएकाले प्राक्टीकल बेसको शिक्षालाई अन्तर्राष्ट्रिय मान्यता रहेको छ ।
पछिल्ला समय नेपालका केही विद्यालयहरुमा पनि प्राक्टीकल बेसमा अध्यापन हुँदै आएको छ । नेपालमा जति पनि विद्यालयहरुले अवार्ड पाएका छन् तिनीहरुमध्ये प्राक्टीकल बेसमा अध्यापन गराउने विद्यालयले अवार्ड प्राप्त गर्न सफल भएका छन् ।
अवार्ड पाउन बिदेसी विद्यालयका विद्यार्थीहरुसँग अनलाइनबाट त्यहाँको भाषा, संस्कृति सिक्नुका साथै यहाँको भाषा र संस्कृति बिदेसका विद्यार्थीहरुलाई सिकाउन आवश्यक पर्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बेलायतको आइसएस अवार्ड
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्