माघ दोस्रो हप्तादेखि तेस्रो ओमिक्रोन भेरियन्टको लहर आउनसक्छ , स्वास्थ्य कार्यालय र स्थानीय तहलाई परिपत्र
स्वास्थ्य कार्यालय र स्थानीय तहलाई परिपत्र

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट फैलिन नदिन सतर्कताका लागि अनुरोध गर्दै स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई परिपत्र गरेको छ ।
हालसम्म नेपालमा तीन जनामा मात्र ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । तर आगामी माघ दोस्रो हप्तादेखि तेस्रो लहर आउनसक्ने देखिएकाले सर्तकता अपनाउन आग्रह गरेको मन्त्रालय उच्च स्रोतले जनाएको छ । ‘अर्को लहरमा देखापर्ने पूर्व संकेत देखिसकेकाले माघको दोस्रो सातापछि अर्को लहर आउने प्रक्षेपण गरिएको छ, ’मन्त्रालयका एक अधिकारी भन्छन्, ‘मन्त्रालयले यस विषयमा र्यापिड एक्सन प्लान तयार गरिरहेको छ ।’
उनका अनुसार तेस्रो लहर आएमा दोस्रो लहर उच्च विन्दुमा पुगेको बेला भन्दा बढी संक्रमित हुन सक्छन् ।
मन्त्रालयका अधिकारीहरुका अनुसार तेस्रो लहर आउनसक्ने केही पूर्वसंकेत देखिसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ओमिक्रोन भेरियन्ट
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्