Techie IT
शुक्रबार, असार २०,२०८२

देउवापार दुर्गा मन्दिरका  लागि एमालेका नेता छत्र थापाद्वारा अपिल


जब जब श्री देउवापार दुर्गा मन्दिर परिसरमा मेरा पाइला पर्ने छन तब तब श्री दुर्गा मातालगाएत तेत्तिसकोटी देवी देउराली र  मलाई जन्म दिने स्वर्गीय वुवा श्री दान बहादुर थापा क्षेत्रि र आमा  श्री अम्विका थापा क्षेत्रिलाई मात्र सम्झने छैन ।  श्री दुर्गा मन्दिर र समाजिक सन्जालका मेरा अग्रज शुभचिन्तक मित्रहरुलाई पनि कदापि भुल्ने छैन ।

श्री देउवापार दुर्गा मन्दिरलाई सहयोग गर्नु भएका समाजिक सन्जालका मेरा आत्मिय अग्रजहरुवाट  प्राप्त भएको सहयोग रकम आज मन्दिर परिसरमा हस्तान्तरण गरि आवश्यक समाग्रीहरु लिएर उदघाटन र सराय नाचकासाथै प्रशाद वितरण गरेका केही दृश्यहरुलाई सहयोगी दाताहरुलाई अवगत गराउदैछु ।  उहाँहरुलाई सदैव सुख शान्ति र समृद्धिको कामनासहित मेरा व्यक्तिगत ग्रुप र समितिको तर्फवाट स्वागत तथा बधाई ज्ञापन गर्दछु।उहाँहरुले सहयोग गरेको रकम मार्फत आवश्यक सामाग्रीहरु लिएर सराय नाच गराई भव्यताका साथ विजय दशै २०७८ लाई मनाउन सफल भयाै।

यहि नै थियो र सदैव रहनेछ हाम्रो समाजिक सन्जालमार्फत एकता, विश्वास र सहकार्यको परिचय । हामी पुर्व पश्चिम उत्तर दक्षिणका व्यक्ति भएता पनि  हाम्रो एकता र विश्वास यति अटल छ र सदैव रहिरहनेछ।

श्री देउवापार दुर्गा मन्दिरलाई नमूना मन्दिर स्थापित गर्नका   लागि मेरो सदैव योगदान सर्वदान र सहयोग रहनेछ ।यो मेरो प्रतिवद्धता पनि हो।

आज सम्म प्राप्त भएको सहयोग रकम ७०हजार ६१ रपैयावाट  २४ गोटा  कुर्ची, १ टेवुल र १ दान पेटीका राख्नका लागि टुल   खरिद गरियो । सराय नाच र दुर्गा माताको  प्रशाद वितरण गर्नुकासथै  बाँकि रकम समितिको बचत खातामा राखियो ।  हामीले प्राप्त गरेको सहयोगलाई एक एक रुपैयाको हिसाब सन्जालमार्फत अवगत गराईनेछ । इच्छुक मित्रहरुले जहिले पनि सहयोग गर्न सक्नुहुनेछ ।
Chhatra bahadur thapa Chhetri

a/c  0415601825204015

कृषि विकाश बैक लिमिटेड जिल्ला कपिलवस्तु 4 नं जितपुर ।
सहयोगि नामहरु क्रमश!
१ कमलप्रसाद पन्थी                  रु १०५०५.
२ बिरेन्द्र जि.सि. मिरा जि. सि.     रु १०१५१.
३ नरबहादुर खत्रि                        रु १००००.
४ रामनारायण चाैधरि                  रु १००००.
५ गणश वास्ति                            रु   ५५५५.
६ मोहनविक्रम थापा                     रु    ५१००
७  गोकुल विष्ट                              रु    ५०००.
८ भोजेन्द्र थापा                             रु   २५००.
९  हिमलाल श्रेष्ट                            रु   २०००.
१० रोमप्रसाद थारु                        रु   २०००.
११ बिष्णु चाैधरी                           रु   २०००.
१२ छत्रबहादुर थापा क्षेत्री              रु  १५०५.
१३ तारा थापा                               रु   १३५०
१४ आयुष  हार्ठवयर                       रु   १३५०.
१५ नारायण पोखरेल                      रु   १०५०.
१६ अनुप शर्मा                              रु   १०००.
१७. चिन्तामणि पाण्डे अर्घाखाचि    रु   १११००.


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
24°
Mostly Cloudy
5:11 am7:04 pm +0545