Techie IT
सोमबार, असार ११,२०८१

शिक्षक सेवा आयोगमा जागीरको अवसर : २५९८ शिक्षकको लागि दरखास्त आव्हान


काठमाडौँ । शिक्षक सेवा आयोग सानोठिमीले निम्न माध्यमिक विद्यालय तृतीय श्रेणीमा दुई हजार ५९८ शिक्षकको स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ ।

आयोगले पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माघ १३ गतेसम्म अविलम्ब शुल्कमा अनलाइनबाटै आवेदन फाराम भर्ने गरी स्थायी पदपूर्तिका लागि आह्वान गरेको हो ।

आयोगले अंग्रेजी विषयमा ६२४, नेपालीमा ४३७, गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लयजुर्वेदमा एक, गणित–विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार र संस्कृत कर्मकाण्डमा एक शिक्षकका लागि दरखास्त आह्वान गरेको हो ।

परीक्षा आगामी चैत १७ गते हुने गरी मिति निर्धारण गरेको आयोगले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #शिक्षक सेवा आयोगमा जागीरको अवसर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Partly Cloudy
5:09 am7:03 pm +0545