माओवादी केन्द्रको अर्थ तथा योजना विभागको सदस्यमा अम्बिर बोगटी चयन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को अर्थ तथा योजना विभागको सदस्यमा अम्बिर बोगटी चयन हुनुभएको छ ।
सिभिल बैंकका संस्थापक हुँदै पुर्ब अध्यक्ष रहेका बैंकर बोगटी २०४६ सालको पञ्चायती व्यवस्था विरुद्ध बामपन्थी आन्दोलन देखी निरन्तर कम्युनिष्ट आन्दोलनमा सक्रिय हुनुहुन्छ । लोकतन्त्र, दिगो बिकाश , सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति सक्रिय रहदै आउनुभएका काठमाडौका तारकेश्वर निवासी बोगटीले मुलुकको अर्थतन्त्रमा समेत बिभिन्न योग्दान दिदै आउनुभएको छ । ।
माओवादीले गठन गरेको ३३ विभाग र प्रतिष्ठानमा विभिन्न नेतालाई जिम्मेवारी अनुरुप बर्षमान पुन प्रमुख र विन्दमान बिष्ट उपप्रमुख सहित ३५ सदस्य विभागिय कार्यसमिति रहेका छन ।
यस्तै माओवादीले गठन गरेका विभागमा अध्यक्ष पुष्पकमल दाहाल स्कूल र संघीय संसदीय विभाग प्रमुख बनेका छन् भने उद्योग तथा वाणिज्य विभाग प्रमुखमा वामदेव क्षेत्री, उपभोक्ता हित तथा आपूर्ति विभाग प्रमुखमा मातृका यादव, कृषि तथा भूमिसुधार विभाग प्रमुखमा हरिबोल गजुरेल र कोष तथा आर्थिक व्यवस्थापन विभाग प्रमुखमा डोरप्रसाद उपाध्याय छन्।
खानेपानी तथा सरसफाइ विभाग प्रमुखमा विना मगर, जलस्रोत, सिंचाइ तथा उर्जा विभाग प्रमुखमा लीलामणि पोखरेल, निर्वाचन विभाग प्रमुखमा खिमलाल देवकोटा, कानून, न्याय तथा मानव अधिकार विभाग प्रमुखमा मुक्तिनारायण प्रधान, पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभाग प्रमुखमा झक्कुप्रसाद सुवेदी छन्।
माओवादीले कृष्णबहादुर महरालाई प्रचार तथा प्रसार र राष्ट्रिय सुरक्षा, परशुराम तामाङलाई प्रादेशिक मामिला, नारायणप्रसाद शर्मालाई पुस्तकालय तथा अभिलेख, हरि अधिकारीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, गणेशमान पुनलाई युवा तथा खेलकूद, रेखा शर्मालाई राजकीय मामला तथा सुशासन, शक्तिबहादुर बस्नेतलाई वन तथा वातावरण र गणेश साहलाई विज्ञान तथा प्रविधि विभागको जिम्मेवारी दिएको छ।
हेर्नुहोस अर्थ तथा योजना विभागको सूचि :
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्