एमालेले सातवटै प्रदेशको अध्यक्ष तोक्यो (सूचिसहित)

काठमाडौँ । नेकपा (एमाले)ले सातवटै प्रदेशका प्रदेश अध्यक्ष चयन गरेको छ । एमालेको भक्तपुरमा जारी बैठकले सातवटै प्रदेशको प्रदेश अध्यक्ष चयन गरेको हो । जसअनुसार प्रदेश नंं १ मा तुलसी न्यौपाने, प्रदेश नंं २ मा रामअवतार यादव, वागमती प्रदेशमा केशवराज पाण्डे, गण्डकी प्रदेशको नवराज शर्मा, लुम्बिनी प्रदेशको राधाकृष्ण कडेल, कर्णाली प्रदेशको विनोद शाह र सूदुरपश्चिम प्रदेशका दामोदर भण्डारी चयन भएका छन् ।
प्रदेशको नं. १ को उपाध्यक्ष टीका चेम्जोङ, सचिवमा चिन्तन पाठक, उपसचिवमा शैलेश लामा र धना तामाङ, प्रदेश नं. २ मा रेवती पन्त, सचिव डा. कृष्ण पौडेल, उपसचिव आरती भण्डारी, वागमती प्रदेशमा उपाध्यक्ष रामहरि सुवेदी, सचिव विजय सुवेदी, उपसचिवमा रत्न गुरुङ र महेश वतौला, गण्डकीमा उपाध्यक्ष मोहन रेग्मी, सचिव धनञ्जय दवाडी, उपसचिव मञ्जु अधिकारी र रश्मी आचार्य रहेका छ ।
यस्तै लुम्बनीमा उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, सचिव लक्ष्मण आचार्य, उपसचिव लिला राना र दुर्गा थारु, कर्णालीमा उपाध्यक्षमा लालवहादुर महतारा, सचिव कमल शाही, उपसचिव टेकराज पछाई र रुपा शाही तथा सुदूरपश्चिम प्रदेशमा कलम तिमिल्सेना, सचिव धर्मराज पाठक, उपसचिवमा बलदेव रेग्मी र भगिरथ विष्ट रहेका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्