Techie IT
शुक्रबार, जेठ ३,२०८२

टोखा नगरपालिकाले ‘मेयर दीर्घायु’ कार्यक्रम सञ्चालन गर्ने

अपाङ्गता ,द्वन्द्वपीडित, असहाय, लोपोन्मुख समुदायलाई लक्षित कार्यक्रम


काठमाडौँ । टोखा नगरपालिकाले ‘मेयर दीर्घायु’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगर प्रमुख प्रका अधिकारीले नगरभित्रका ५० वर्ष माथिका अपाङ्गता भएका, घाइते, द्वन्द्वपीडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी ‘मेयर दीर्घायु’ कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

सो कार्यका लागी नगरपालिकाभित्र बसोबास गरेको वा नगरभित्र व्यवसाय वा अन्य माध्यमबाट कर तिरेको प्रमाण भएको वा अतिविपन्न समुदायको प्रमाणित परिचयपत्र वा अपाङ्गतासम्बन्धी परिचयपत्र भएको व्यक्ति सहभागी हुन पाउने अधिकारीले बताउनुभयो ।

कार्यक्रम यही मङ्सिर २५ गतेदेखि चण्डेश्वरी स्वास्थ्य केन्द्रमा सञ्चालन गरिने छ । प्रत्येक हप्ता ९० जनालाई प्रदान गरिने उक्त कार्यक्रममा नगरपालिकाभित्रका झण्डै एक हजारको निःशुल्क स्वास्थ्य परीक्षण गरिने नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी हुन हरेक वडाबाट ७० जनाको नाम सिफारिस गर्न पाइने सो नगरपालिकाले जनाएको छ । उक्त कार्यक्रम सञ्चालनका लागि टोखाले वजेट विनियोजन गर्नुका साथै कार्यविधिसमेत तयार गरी कार्यान्वयन प्रक्रिया थालेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #‘मेयर दीर्घायु’


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Drizzle
5:12 am6:47 pm +0545