राप्रपा महाधिवेशन : मनोनित प्रतिनिधिको सूची सार्वजनिक (सूचीसहित)

काठमाडौं, १७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनका लागि २३५ जना मनोनित महाधिवेशन प्रतिनिधिको सूची सार्वजनिक गरेको छ ।
अध्यक्षहरू कमल थापा, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीको सहमतिमा सूची सार्वजनिक गरिएको बताइएको छ । उक्त सूचीमा विश्ववन्धु थापादेखि पञ्चायतकालका नेताहरु नवराज सुवेदी, हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्तिमगर, तोरणबहादुर गुरुङदेखि महामन्त्रीको उम्मेदवार रोशन कार्कीसमेत मनोनित सूचीमा छन् ।
राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्थाअनुसार २३५ जना मनोनित गरिएको हो । यसअघि हिजो बिहीबार समितिले ४ हजार ४७१ जना प्रतिनिधिको सूची प्रकाशित गरेको थियो । उक्त सूचीमा अब २३५ जना थप हुने छन् । यही प्रतिनिधिले राप्रपाको नेतृत्व चयन गर्ने छन् ।
राप्रपाको नयाँ नेतृत्व चयनका लागि भोलि शनिबार निर्वाचन हुँदैछ ।
हेर्नुहोस् सूची–
क्याटेगोरी : समाचार
ट्याग : #राप्रपा महाधिवेशन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्