Techie IT
शुक्रबार, असार ८,२०८१

कांग्रेस बागमतीको नेतृत्वका लागि केसी, बानियाँ र प्रधानबीच प्रतिस्पर्धा


काठमाडौं, १६ मंसिर । आजदेखि शुरू हुने नेपाली कांग्रेसको प्रादेशिक अधिवेशनअन्तर्गत बागमती प्रदेश नेतृत्वका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।

प्रदेशको नेतृत्वका लागि जगदिश्वरनरसिंह केसी, इन्द्र बानियाँ र भीमसेनदास प्रधानबीच प्रतिस्पर्धा हुन लागेको हो । कांग्रेसको तीन गुटबाट तीनजना उम्मेदवार हुने भएका हुन् ।

संस्थापन पक्षले पूर्व गृहराज्यमन्त्री बानियाँलाई अघि सारेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पूर्व रक्षामन्त्री भीनसेनदास प्रधानलाई सभापतिका रुपमा अगाडि सारेका छन् भने संस्थापन इतरको पौडेल–कोइराला खेमाले निवर्तमान नुवाकोट सभापति केसीलाई अघि सारेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस बागमतीको नेतृत्व


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Partly Cloudy
5:08 am7:02 pm +0545