Techie IT
सोमबार, असार ११,२०८१

सर्वोच्चमा तोकियो सबै खाले मुद्दामा पेसी


प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । उहाँले नौवटा इजलासमा पेसी तोके पनि आफ्ना लागि भने कुनै पनि इजालास तोक्नुभएको छैन ।

तोकिएका पेसीमध्ये एउटा पूर्ण इजालास, सातवटा संयुक्त र एउटा एकल इजलास रहेको छ । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन ।
प्रधान न्यायाधीश क्षेत्राधिकारभन्दा बाहिर गएको आरोप लगाउँदै गत कात्तिक ८ गतेदेखि न्यायाधीशहरूले मुद्दाको सुनुवाई गर्न इन्कार गर्दै आए पनि बीचबीचमा बन्दीको मुद्दामा भने सुनुवाइ भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #सर्वोच्च


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
25°
Mostly Cloudy
5:09 am7:03 pm +0545